पोखरामा मारुती सुजुकी बिग वागन आर (यस्ता छन् मूल्य र विशेषता)

पोखरा, १२ वैशाख । मारुती सुजुकीको कार बिग वागन आर नेपाली बजारमा लन्च भएसँगै पोखरामा पनि बिक्री वितरण सुरु भएको छ । सुजुकीका लागि पोखरा क्षेत्रको आधिकारिक बिक्रेता बतास व्रदर्श प्रालिले यो हालै एक कार्यक्रमका बीच यो गाडीको बिक्री सुरुवात गरेको हो । सार्वजनिक भएसँगै वागन आरप्रति ग्राहकको आकर्षण देखिएको प्रालिका प्रमुख कार्यकारी अधिकारी राजेश रानाभाटले जानकारी दिए ।

भारतीय बजारमा सार्वजनिक भएको केही समय लगत्तै नेपाल भित्रिएको उक्त कारको भित्री र वाहिरी बनावटमा व्यापक परिमार्जन गरिएको छ । नयाँ कार पुरानोको तुलनामा निकै आकर्षक समेत छ । वागन आर पहिले जस्तै टलब्वाई डिजाइनमा उपलब्ध छ । यद्यपि यसको एक्सटेरियर र इन्टेरियरमा विभिन्न थप फिचरहरु छन् ।

नयाँ वागन आर सुजुकीको नयाँ हार्टेक्ट प्लेटफर्ममा निर्माण गरिएको छ । त्यसैले पनि यो पहिले भन्दा बढी हलुका, ठूलो, सुरक्षित र आरामदायक छ । पहिले भन्दा यसको ह्विलबेस ३५ एमएम र चौडाई १२५ एमएम बढी छ । यसको अघिल्लो भागमा क्रोम स्ट्रिपका साथ रेक्टेंगुलर ग्रिल छ । यसको हेडल्याम्प्स पनि हालको मोडल भन्दा ठूलो छ । यसमा थ्री स्लेट एयरड्यामका साथ ड्युअल टोन बम्पर छ र यसको दुवैतरि फग ल्याम्प्स पोड्स रहेको डेपुटी जनरल म्यानेजर विश्वमणि भण्डारीले जानकारी दिए ।

यसमा इन्टिग्रेटेड टर्न इन्डिकेटर्सका साथ आउटसाइड रियर भ्यु मिरर (ओआरभीएम) छ । कारमा १४ इन्चको एलोई ह्विल छ । त्यसैगरी फ्रन्टमा डिस्क र रियरमा ड्रम ब्रेक उपलब्ध छ । यसको पछिल्लो भागको लुक्समा पनि केही परिवर्तन गरिएको छ । यो कार दुई इन्जिन अप्सनमा उपलब्ध छ । एउटामा ९९८ सीसी, ३ सिलिन्डर पेट्रोल इन्जिन छ । यसले ६७ बीएचपी पावर र ९० एनएम टर्क जेनेरेट गर्नेछ । त्यसैगरी अर्का अप्सनमा ११९७ सीसी, ४ सिलिन्डर पेट्रोल इन्जिन छ । यसले ८३ बीएचपी पावर र ११३ एनएम टर्क जेनेरेट गर्नेछ ।

मारुती सुजुकी वागन आरको क्याविन वर्तमान मोडल जस्तै साधारण छ । ड्यासबोर्डमा ब्राउन र बेज कलरमा ड्युअल टोन फिनिस उपलब्ध छ । क्याबिनमा ठूलो एमआईडी युनिटका साथ इन्स्ट्रयुमेन्ट कन्सोल र टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम पनि उपलब्ध हुनेछ । यसको स्टेयरिङ ह्विलमा सिल्भर फिनिस दिइएको छ । त्यसैगरी स्टेयरिङ माउन्टेड अडियो र फोन कन्ट्रोलको सुविधा पनि उपलब्ध छ ।

नेपाली बजारमा उपलब्ध १.० लिटर भीएक्सआईको मूल्य २४ लाख ९९ हजार र १.२ लिटर भीएक्सआई (अप्सनल)को मूल्य २६ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । १.२ लिटर जेडएक्सआई (अप्सनल) को मूल्य २७ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । वागन आर १.० लिटर र १.२ लिटरको इन्जिनमा उपलब्ध छ । १.० लिटरको वागन आरले २२.५ किलोमिटर र १.२ लिटरको वागन आरले २१.५ किलोमिटरको माइलेज दिने कम्पनीको दावी छ । मारुती सुजुकी र यसका पार्टनर कम्पनीहरुले बिग न्यु वागन आरको विकासका लागि करिब ६ अर्ब ७० करोड रुपैयाँ खर्च गरेको बताइएको छ ।

You might also like

Comments are closed.