पोखरामा ‘मिनिसो’को अर्को शोरुम

पोखरा, १३ बैशाख ।

बिनायक ट्रेडिङ इन्टरनेशनल प्रालि पोखराले विश्व प्रशिद्ध जापानिज ब्राण्ड ‘मिनिसोे’को पोखरामा अर्को शोरुम सञ्चालनमा ल्याएको छ । प्रालिले पोखराको न्यूरोडस्थित भाटभटेनि सुपर मार्केटको आडमा दोश्रो शोरुम शुरु गरेको छ । न्यूरोड शाखामा २ करोडको लगानी भएको छ । १५ जनालाई प्रत्यक्ष रोगजारी दिइएको छ । पोखरामा मिनिसोका सामानहरु युवायुतीहरुको विशेष रोजाई परेकाले अर्को शाखा खोल्न प्रेरणा मिलेको विनायक सुपर मार्केट एवं मिनिसोका प्रबन्ध निर्देशक प्रविणकुमार पालिखेले बताए ।

यसअघि पहिलो चरणमा चिप्लेढुंगामा शोरुम खुलेपछि न्युरोड र लेकसाइडमा बिस्तार गरिने पालिखेले बताएका थिए । ‘यो ब्राण्डप्रति पोखराका युवाहरुको निकै आकर्षण देखियो,’ पालिखेले भने, ‘माग बढेकाले छिट्टैनै अर्को शाखाको शुरुवात गरेका हौं ।’

jutta mela

शाखाको औपचारिक उद्घाटन आगामी शुक्रबार मिस नेपाल इन्टरनेशनल २०१२ शुभेच्क्षा खड्काले गर्ने बताइएको छ । पोखरामा बिगत ३० वर्षदेखि बिनायक सुपरमार्केट सञ्चालन गर्दै आएको बिनायक ग्रुपले उक्त ब्राण्डलाई पोखरा भित्र्याएको हो । मिनिसोका दैनिक उपभोग्य सम्पूर्ण सामान पोखराका दुई ब्राण्डबाट करिब ९ हजार प्रकारका सामानहरु बिक्री हुने निर्देशक प्रतिस पालिखेले बताए ।

१ सय २९ रुपैयाँदेखि ७ हजार रुपैयाँसम्मका सामान शोरुमबाट बिक्री हुने निर्देशक पालिखेले जानकारी दिए । कस्मेटिक, किचन, इलेक्ट्रोनिक्स, स्टेसनरी, गिफ्ट, सिजनल लगायत सम्पूर्ण प्रकारका दैनिक उपभोग्य सामान शोरुममा उपलब्ध हुने छन् । उच्च स्तरीय जापानिज ब्राण्ड, सुपथ मूल्य लगायतका विशेषता मिनिसोका सामानमा रहेको उनको भनाई छ ।

मिनिसो ब्राण्डको काठमाडौंको दरबारमार्ग, जावलाखेल, सुन्धारा, चाबहिल र नयाँ बानेश्वरमा शाखा छन् ।

You might also like

Comments are closed.