पोखरा, ३० फागुन
पोखरा ट्रेड मल एण्ड हाउजिङ्ग प्रा.लिले विहिवारदेखी मेल बक्स मल्टी ब्रान्डेड तयारी कपडा पसलको शुभारम्भ गरेको छ । ट्रेड मल को भूई तलाको सटर नं बि १३५ आफ्ना ग्राहकलाई ब्रान्डेड कपडाका सामानहरु खरिदको लागी पसल पसल चाहारेर हिड्नु पर्ने बाध्यतालाई अन्त्य गर्ने उद्देश्यले करिब १ करोड ५० लाखको लगानीमा यो पसलको सञ्चालन गरिएको हो प्रोपाइटर दिपक कुमार मुल्मीले जानकारी दिए ।
पसल सञ्चालनका लागी पोखरा ट्रेड मलका केही लगानीकर्ताको सो लगानीमा पसल स्थापना गरिएको उनले बताए । पसलमा बिभिन्न ख्याती प्राप्त विभिन्न कम्पनीका ब्रान्डहरु जिन्सहरु, ब्रान्डेड तयारी कपडा, जुत्ताहरु लगायत विभिन्न ब्रान्डका उत्कृष्ठ र गुणस्तरीय सामानहरु उपलब्ध रहेका छन् । बजारमा चल्तीको समयअनुसार युवा पुस्ताको रोजाई अनुसारका मौसम अनुकुलका तयारी कपडाका सामानहरु सुपथ मूल्यमा ग्यारेन्टीका साथ उपलब्ध गराइनेछ ।
पसल उद्ध्घाटनको दिन बाट आगामी चैत्र ८सम्मका लागी विभिन्न सामनमा ५–१० प्रतिशत सम्म बिशेष छुटको ब्यवस्था रहेको रहेको जानकारी समेत गराएको छ



Comments are closed.