पोखरामा यामाहा स्कुटरको ‘राइड रिटिट’

पोखरा, ९ असार । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लु इन्टरप्राइजेजले यामाहा स्कुटरका राइडरहरुका लागि शनिबार साहसीपूर्ण तथा रोमाञ्चक ‘राइड आउट’को तेस्रो संस्करण सम्पन्न गरेको छ । पोखरा क्षेत्रका स्कुटर राइडरर्सलाई पोखराको यामाहा डिलर विश्वकर्मा अटोवक्र्सबाट पोखरा मुख्य बजार हुँदै होटल अतिथि लगिएको थियो । जहाँ उनीहरुले एउटा सुखद र रमाइलो दिनको अनुभव गरेको स्मरण सुनाए ।

पाँच समूहमा विभाजन गरिएका २५ जना स्कुटर राइडरलाई ‘जापानिज पिलोफाइट’, फोटो सेसन, ‘ईस्पिज कम्पिटिसन, द फ्ल्याग’, लगायतका सामुहिक टास्क दिइएको थियो । विश्वकर्मा अटोवक्र्सका प्रबन्ध निर्देशक सरोज श्रेष्ठले डिलर र राइडरहरुबीचको सम्बन्ध नजिक र गाढा बनाउने उद्देश्यले राइड आउट आयोजना गरिएको बताए । सहभागी राइडरहरुले पनि यामाहाले दिएको अवसरप्रति स्कुटरका राइडरहरुले खुसीव्यक्त गरेका थिए । यामाहाले स्कुटर चढ्ने राइडरहरुलाई एउटा अविस्मरणीय दिनप्रदान गरेको सहभागी राइडर सुमित्रा देबी दुराले बताइन् ।

 

You might also like

Comments are closed.