पोखरामा रामबृक्षको स्मृति दिवस

पोखरा ।

जनयुद्धका सहिद रामबृक्ष यादव मास्टर साहेवको स्मृति दिवसको अवसरमा पोखरामा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । सहिद तथा वेपत्ता स्मृति स्पोर्टस स्कूलले आयोजना गरेको सभामा मंगबार पोखरामा सम्पन्न भएको हो ।

सभामा बोल्दै कार्यक्रमका प्रमुख अतिथि संविधान सभा एवं गण्डकी प्रदेश सभा सदस्य तेजकुमारी पौडेलले नेपालमा उत्पीडनको बिरुद्ध समाजवाद स्थापनाको लागि माओवादी पार्टी निर्माणको बिषयमा छलफल हुँदै गर्दा तत्कालीन राज्य संयन्त्रले रामबृक्ष यादवको कायरतापूर्वक हत्या गरेको बताइन् ।देशमा प्राप्त अहिलेको उपलव्धि यादव लगायतका शहीदहरुको सपना रहेको उल्लेख गर्दै उनले निरन्तर जनताको पक्षमा लाग्ने प्रतिवद्धता जनाइन् ।

नेकपा भित्र अहिले देखिएका खरावी र बिकृतिविरुद्ध लाग्नुपर्ने सम्पूर्ण युवाहरुको आवश्यकता रहेको पौडेलको भनाई थियो । नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष तथा प्रेस संगठन गण्डकीका सह–संयोजक त्रिभुवन पौडेल बिशेष अतिथि रहेको कार्यक्रम स्कुलका केन्द्रीय अध्यक्ष क्षितिज सापकोटाले संचालन गरेका थिए ।

शहीद यादवको २०५१ साल भदौ २ गते तत्कालीन राज्य पक्षबाट हत्या भएको थियो । उनका छोरा शेखर यादब जनयुद्दमा सहिद भएपछि सम्पुर्ण परिवारनैजनयुद्दमा सामेल भएको थियो ।

You might also like

Comments are closed.