पोखरा, २६मंसिर । लायन्स क्लब अफ पोखरा लेकसिटीको स्थापनाको २५औं वर्ष गाँठको अवसरमा पोखरामा राष्ट्रियस्तरको ह्विलचियर बास्केटवल प्रतियोगिता हुने भएको छ ।
अपाङ्गता भएका व्यक्तिहरुले पनि समाजमा केही गर्न सक्छन् भनी उनीहरुको हौसला स्वरुप यही मंसिर २९ गते शनिबार पोखरामा उक्त प्रतियोगिता हुने भएको क्लबका अध्यक्ष मदन केसीले बताए।
पोखरा रंगशालामा सञ्चालन हुने प्रतियोगितामा काठमाडौंबाट २ टिम सहित ४ टिमको सहभागिता हुने भएको अध्यक्ष के.सी.ले जनाए । प्रतियोगितामा काठमाडौंको जाउलाखेल ह्विलचियर क्लब र नेपाल स्पाइन कड इन्जुरी, काठमाडौं, नेपालगन्जको ह्विलचियर बास्केटवल टिम र घरेलु टिम लेकसिटी ह्विलचियर बास्केटवल, पोखराबीच खेल हुने भएको छ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगिताका विजेतालाई २० हजार उपविजेतालाइ १५ हजार तेश्रो हुनेले १० हजार र शान्त्वना हुनेले ५ हजार पुरस्कार पाउने भएकाछन् ।
विद्या मस्र्यानीको संयोजकत्वमा प्रतियागिता हुन लागेको हो । क्लबले सामाजिक क्षेत्रमा विभिन्न काम गर्दै आएको अध्यक्ष के.सी.ले जनाए । प्रतियोगिता सम्पन्न गर्न करिब ३ लाख खर्च लाग्ने उनले जानकारी दिए ।