आर्थिक आवाज
निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघले ‘राष्ट्रिय औद्योगिक व्यापार मेला–२०७६’को तयारीलाई तिब्र बनाएको छ । स्टल बुकिङसँगसँगै प्रायोजन खोज्ने काम भइरहेको संघका महासचिव अर्जुन पोखरेलले जानकारी दिए । ‘पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा यही पुस १८ देखि २८ गतेसम्म हुने मेलाको तयारीलाई तिब्र बनाएका छौं,’ उनले भने ।
मेलामा २ सय ७० वटा स्टल रहनेछन् । ती स्टलमध्ये ६० प्रतिशत बुकिङ भइसकेको स्टल व्यवस्थापन उपसमिति संयोजक रामेश्वर अधिकारीले जानकारी दिए । ‘बाँकी स्टल पनि छिट्टै बुकिङ गर्ने तयारीमा छौं,’ उनले भने । डोममा ७८ वटा र अन्य स्टल बाहिर रहनेछन् ।
‘लगानीको सम्वर्दनः उद्योग व्यवसायको प्रवद्र्धन’ उद्घोषसहित संघले नेपाल उद्योग वाणिज्य महासंघसहित विभिन्न संघ÷संस्थासँगको सहकार्यमा वर्षेनी मेलाको आयोजना गर्दै आइरहेको छ । मेलालाई समृद्धि स्टिल्सले मुख्य प्रायोजन गरेको छ । सहप्रायोजकमा राष्ट्रिय वाणिज्य बैंक र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छन् ।
Comments are closed.