पोखरामा ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक अन्तरक्रिया

पोखरा, १९ जेठ
बैदेशिक रोजगार प्रवद्र्धन बोर्डको आयोजना तथा नेपाल पत्रकार महासघ गण्डकी प्रदेशको समन्वयमा आयोजित अन्तरक्रिया सम्पन्न भएको छ । ‘रोजगार तथा सामाजिक सुरक्षाको वर्तमान अवस्था र अबको बाटो’ विषयक सन्चारकर्मीसँगको अन्तरक्रिया कार्यक्रम आइतबार पोखरामा सम्पन्न भएको हो ।

बैदेशिक रोजगारी, आन्तरिक रोजगारी, सामाजिक सुरक्षा कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम लगायतका श्रम सम्बद्ध मुद्धाहरु र नीतिगत व्यवस्थाहरु सम्पुर्ण स्थानीय तह तथा गाँउगाँउ सम्म जानकारी गराउनु पर्ने आवश्यकताको महसुस गर्दै सञ्चारकर्मीसँग सहकार्य गरी कार्यक्रम आयोजना गरिएको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले जानकारी दिए ।

रोजगारको पाटो श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मात्र नभइ प्रदेश स्तरीय सामाजिक विकास मन्त्रालय पनि हेर्ने भएकाले प्रदेश स्तरीय मन्त्रीहरु सहकार्य गर्दा कार्यक्रम प्रभावकारी हुने विश्वासले क्रमश सातै वटा प्रदेशमा कार्यक्रम गरिने बोर्डका उपाध्यक्ष दीनबन्धु सुवेदीले जानकारी दिए ।

कार्यक्रममा बैदेशिक रोजगारीका अलावा आन्तरिक स्वरोजगारका बाटाहरु कसरी सिर्जना गर्न सकिन्छ , स्वदेशमै आन्तरिक रोजगारी बढाउने सम्बन्धमा नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र मताहतका निकायहरुले ल्याएको श्रमका नीतिगत व्यवस्था, नयाँ कार्यक्रमहरुका बारेमा अन्तरक्रिया गरिएको थियो ।

साथै कार्यक्रममा बैदेशिक रोजगारीका समाचार संकलनमा प्रयोग गरिने शब्दावली, सामाजिक सुरक्षाका कार्यक्रम, प्रधानमन्त्री रोजगार कार्यक्रम र सञ्चारकर्मीहरुले खेल्नुपर्ने भुमिकाका बारेमा, स्रोत व्यक्तिहरु सुनिल न्यौपाने, होम कार्की, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीका प्रेस संयोजक मदन खनाल, लगायतले सहजीकरण गरेका थिए ।

कार्यक्रममा गण्डकी प्रदेशका ११ वटै जिल्लाका पत्रकारहरुको सहभागिता रहेको थियो ।

You might also like

Comments are closed.