पोखरामा रोटरी कन्फ्रेन्सको तयारी अन्तिम चरणमा

आर्थिक आवाज
पोखरा, २१ माघ । पोखरामा माघ २४ गतेदेखि हुने रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्फ्रेन्सको तयारी अन्तिम चरणमा पुगेको छ । पोखराको नयाबजारस्थित प्रदर्शनी केन्द्रमा माघ २६ गतेसम्म हुने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट कन्फ्रेन्सको तयारी ८० प्रतिशत सकिएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो । कन्भेन्सनमा सहभागिहरुलाई गण्डकी प्रदेशका १६ रोटरी क्लवहरुले संयुक्त आतिथ्यता प्रदान गर्ने जनाइएको छ ।

कन्भेन्सनका लागि पोखरा प्रदर्शनी केन्द्र नयाबजारमा टेन्ट हालेर ३ हजार मानिस अटाउने क्षमताको कन्फिरेन्स हल बनाइएको छ । कार्यक्रम हुने स्थानमा डोममा भने देशका सबै रोटरी क्लवहरुले गरेका कामहरुको प्रदर्शनी गर्ने ब्यबस्था मिलाइएको कार्यक्रम संयोजक गोपाल धोजुले जानकारी दिए । कार्यक्रम स्थलको ढोकामा मूल स्वागत द्वार निर्माण गरिएको छ भने अतिथिलाई स्वागत गर्न नयाँबजारबाट प्रदर्शनी केन्द्र जाने बाटोमैपनि स्वागत द्वार निर्माण गरिएको छ ।

कार्यक्रम स्थल पोखरा प्रदर्शनी केन्द्र नयाबजारमै सम्पर्क कार्यालयसमेत स्थापना गरिएको छ । कार्यक्रमका लागि भनेर सिसी क्यामरा जडानदेखि सुरक्षा ब्यबस्थापनि चुस्त बनाइएको संयोजक धोजूले बताए ।

कन्भेन्सनका लागि अग्रिम नाम दर्ता गर्ने क्रम जारी रहेको कार्यक्रमका सेक्रेटरी डिल्लीप्रसाद शर्माले बताए । नाम दर्ता गर्ने क्रम अन्तिमसम्मै जारी रहने उनले बताए ।

कन्भेन्सनमा करीब २ हजार ५ सय रोटरीयनहरु सहभागि हुने जनाइएको छ । कन्भेन्सनमा रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ मा आबद्ध १२५ क्लवका नेपालसहित भुटानका रोटरीयनहरु पोखरा आउने रोटरी इन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट गभर्नर किरणलाल श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालमा १२४ रोटरी क्लव तथा भुटानमा एउटा रोटरी क्लव रहेका छन् ।

कन्भेन्सनमा प्रमुख अतिथिका रुपमा रोटरी इन्टरनेसनलका नोमिनी प्रेसिडेन्ट शेखर मेहता, रोटरी इन्टरनेसनलका प्रतिनिधि एन् विसेट एस्वोल, नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, पर्यटन मन्त्री योगेश भट्टराई, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङलगायतले सम्बोधन गर्ने डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए । कन्भेन्सनमा डिष्ट्रिक्टमा आबद्ध क्लव तथा रोटरियनबाहेक अमेरिका, जापान, ताइवान, अमेरिका, स्विडेनलगायतका देशका रोटरियनहरुपनि कन्भेन्सनमा सहभागि हुने उनले बताए ।

कन्भेन्सनमा रोटरी क्लव र रोटरियनहरुले गरेका कामको समीक्षा, अनुभव आदानप्रदान र आगामी वर्ष गरिने कामको बारेमा छलफलसहित योजना बनाइने रोटरी ईन्टरनेसनल डिष्ट्रिक्ट ३२९२ को १२ औं डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए । उनका अनुसार कन्भेन्सनमा रोटरीले गर्ने सामाजिक सेवाका विभिन्न श्रोत तथा आयामहरुका बारेमा सम्बन्धित क्षेत्रका विज्ञहरुले प्रस्तुती राख्नेछन् । अन्त्यमा फेलोसीपपनि हुने उनले बताए । कन्भेन्सनले पर्यटन प्रवद्र्धनमासमेत टेवा पुग्ने उनले बताए ।

यसैबीच, डिष्ट्रिक्ट कन्भेन्सनको पूर्व सन्ध्यामा कार ¥याली निकालिने आयोजकले जनाएको छ । कन्भेन्सनको प्रचारप्रसार गर्ने उद्धेश्यले माघ २३ गते काठमाडौंदेखि पोखरासम्म कार ¥याली निकालिने संयोजक धोजुले जानकारी दिए । उनका अनुसार ¥यालीमा ६० भन्दा बढी कार सहभागि हुनेछन् । व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर मानवीय र सामाजिक सेवा गरौं भन्ने उद्धेश्यका साथ रोटरी क्लव १९०५ फेव्रअरी २३ मा स्थापना भएको डिष्ट्रिक्ट गभर्नर श्रेष्ठले जानकारी दिए ।

You might also like

Comments are closed.