पोखरा । नेपालको संविधान २०७२ ले जनतालाई यौन आकर्षणको आधारमा लांैगिक पहीचानको अधिकार सुनिश्चित गरेको छ । पुरुष महिलाको सिमा बाहीर आफ्नो अस्तित्व खोज्ने जो कोहीलाई पनि समाजमा खुलेर बाँच्न पाउने अधिकार संबिधानले दिइसकेको छ । समाजमा भने अझै पनि समलिङ्गी, तेस्रोलिङ्गी र अन्य लौङ्गीक अल्पसंख्यकहरु अत्पिडन र घृणा सहेर बाँचीरहेका छन् । यही बिषयमा पोखरामा २ दिने कार्यशाला सम्पन्न भएको छ ।
ग्रिन सिग्नल नेपालको आयोजनामा जेठ २८ र २९ गते लैङ्गीक अभिमुखीकरण कार्यशाला आयोजना गरिएको छ । कार्यक्रममा प्रणय टेङ्गाले प्रशिक्षण दिएकी थिइन् । बिगत २० वर्ष देखी लौङ्गीक क्षेत्रमा कार्यरत उनले वर्तमान नेपाली समाजमा लैङ्गिीक अल्पसंख्यकहरुले भोगीरहेका समस्या, समाधानका उपायहरु, विश्व समुदायमा उनिहरुको अवस्था, यौन आकर्षणको आधारमा लौङ्गीक पहिचानका प्रकारहरु आदी बिषयमा जानकारी दिएकी थिईन् ।
उनले लैङ्गिीक अल्पसंख्यकहरु आफुले आफैलाई पिडीतको ताज पहिराएर चुपचाप बस्न नहुने बताईन । उनले भनिन ‘शिक्षाको क्षेत्रमा, आर्थीक रुपमा, राजनैतिक पहिचानको कुरामा लैङ्गिीक अल्पसंख्यकहरु धेरै पछाडी छन् । उनीहरुलाई अगाडी आउन, अरु सरह बाँच्न आफै सचेत हुनुपर्छ ।’
कार्यशालामा समाज र तपाई, सामाजिक लौङ्गीकताको निमार्ण, लौङ्गीक नीति र राजनीति, बिषयमा ३ वटा सेसनहरु चलाइएका थिए । ‘हाम्रो कार्यक्रमको मुल उद्वेश्य भनेको सहभागीलाई तपाई को हो ? र तपाई के हो ? भनेर उत्तर दिन सक्ने बनाउने हो ।’ , कार्यक्रम संयोजक सुर्कन लामाले भने, ‘नेपालमा अझै पनि धेरै व्यक्तीहरु आफ्नो लैङ्गीकताको बारेमा कन्फ्युज्ड छन् । कतिलाई यस्को बारेमा थाहा पनि छैन । नेपालमा लैङ्गीकताको संवाद जरुरी देखेर हामीले यो कार्यक्रम आयोजना गर्यौँ ।’
२ दिन सम्म चलेको कार्यशालामा सेना, प्रहरी, शिक्षक, पत्रकार र युवा वर्गको उपस्थिती रहेको थियो । ग्रिन सिग्नल नेपालले ६ महिनादेखी काठमाण्डौ, रपन्देही, ललितपुर, पोखरा र चितवनमा लैङ्गीक अभिमुखीकरण कार्यशाला गर्दै आइरहेको छ ।