पोखरामा वाइवाइको पुरस्कार वितरण, नेत्र किरानालाई पर्यो प्रथम पुरस्कार

आर्थिक आवाज
पोखरा, १५ वैशाख । गण्डकी क्षेत्रका करिब ३ सय जना व्यवसायीहरुको उपस्थितिमा पोखरामा एक कार्यक्रमका बीच लक्की ड्र मार्फत चौधरी ग्रुपको उत्पादन वाइवाइ चाउचाउको पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । लक्की ड्रका क्रममा नेत्र किराना नदिपुरलाई ४३ इन्चको सिजी टिभी उपहार परेको छ । उनले प्रथम पुरस्कार जितेका हुन् ।

व्यवसायीहरुलाई सय कार्टुन वाइवाइ चाउचाउ खरिदमा एउटा पहेँलो कुपन र पाँच सय कार्टुन चाउचाउ खरिदमा एउटा हरियो कुपन बोनस प्रदान गरिएको थियो । उक्त कुपनहरु मध्येबाट लक्की ड्र गरी पुरस्कार वितरण गरिएको चौधरी ग्रुपका सिनियर म्यानेजर मीलन राणाले जानकारी दिए ।

मुस्कान स्टोर्स र मीन बहादुर शेरचन स्टोर्सले द्वितीय पुरस्कार अन्तर्गत ३२ इन्चको सिजी टिभी उपहार हात पारेका छन् । तृतीय पुरस्कार शिवशक्ति किराना स्टोर्स, तिवारी स्टोर्स र गौतम सपिङलाई परेको छ । तृतीय पुरस्कार अन्तर्गत सामसुङ ग्यालेक्सी मोबाइल प्रदान गरिएको छ ।

पहेँलो कुपनबाट सान्त्वना पुरस्कार अन्तर्गत २० जनालाई कोरियन ब्लाङकेट उपहार प्रदान गरिएको छ । हरियो कुपनबाट समेत १० जना व्यवसायीलाई उपहार प्रदान गरिएको राणाले जानकारी दिए । वाइवाइ चाउचाउका वरिष्ठ महाप्रवन्धक ए.के. दुवेदी लगायतले पुरस्कार वितरण गरेका हुन् । प्रथम पुरस्कारको कुपन नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश अध्यक्ष सञ्जिब कोइराला थुतेका थिए ।

You might also like

Comments are closed.