पोखरामा विश्वप्रशिद्ध कम्पनी दाहुवाका सिसी टिभी तथा सेक्युरिटी सेवा

सुरेन्द्र पौडेल
फागुन ३, पोखरा ।

आयुसा इन्टरनेशनल न्युरोड पोखराले विश्व प्रशिद्ध कम्पनी दाहुवाका सिसी टिभी तथा सेक्युरिटी सम्बन्धी सामग्रीको पोखरामा क्षेत्रमा बिक्री गर्दै आइरहेको छ । सूरक्षालाई ध्यानमा राख्दै दाहुवाका सिसी टिभीको बिक्रीका प्रयोगकर्ताहरु पोखरा क्षेत्रमा बढिरहेको आयुसाका प्रवन्ध निर्देशक अनिलकुमार श्रेष्ठले जानकारी दिए ।

इथ्रि सेल्स एण्ड सर्भिसले नेपाल भित्र्याएको दाहुवाका सिसी टिभी संसारकै उत्कृष्ट ३ भित्र पर्न सफल भएको श्रेष्ठले बताए । ‘संसारका २ सय भन्दा बढी देशमा दाहुवाका सिसी टिभी बिक्री भइरहेका छन्,’ उनले भने, ‘पछिल्लो समय पोखरा तथा आसपासका क्षेत्रमा यसको माग बढिरहेको छ ।’

jutta mela

कमर्सियल लगायतका अधिकांश बैंकिङ क्षेत्र, सहकारी, पर्यटन, शिक्षा, अस्पताल लगायत सुरक्षाका लागि अन्य विभिन्न क्षेत्रमा सिसी क्यामरा जडान बढिरहेको आयुसा इन्टरनेशनलका बजार प्रमुख गौतम श्रेष्ठले बताए । ‘सुरक्षित पोखराका लागि अन्तर्राष्ट्रियस्तरको उत्कृष्ट ब्राण्डलाई पोखरा भित्र्याउन पाउँदा हर्षित छौं,’ उनले भने, ‘क्यामरासँगै सेक्युरिटीसँग सम्बन्धित सामग्रीको बिक्री गरिरहेका छौं ।’

सिसी क्यामरासँगै दाहुवाको स्मार्ट डोरलकलाई पनि आयुसाले पोखरा लगायत गण्डकी धौलागिरी क्षेत्रमा बिक्री तथा जडान गर्दै आइरहेको छ । पर्सनल डोरलक, होटल डोरलकका साथै एक्सेस कन्ट्रोल डिभाइस, घरघरमा प्रयोग गर्न मिल्ने टुवे कम्प्युनिकेसन सिस्टम भएको वाइफाई क्यामरा, वित्तीय संस्थाका लागि उपयोगी नोट पहिचान गर्ने भेरिफोकल क्यामरा पनि आयुसाले बिक्री गरिरहेको छ ।

एभरसेफ मलेसियन ब्राण्डको फाएर फाइटरको आधिकारिक बिक्रेता समेत रहेको आयुसाले गोदरेजको नोट काउन्टिङ मेसिन पनि बिक्री गर्दै आइरहेको छ । प्रोजेक्टर, प्रोजेक्टर स्क्रिन, प्रिन्टर्स, प्रिन्टर्सका पार्टस् तथा डेल र एसर ब्राण्डका विभिन्न उत्पादन आफूहरुले बिक्री गर्दै आइरहेको गौतम श्रेष्ठले बताए । ‘१० जना दक्ष प्राविधिक सहितको टोलीबाट सेवा प्रदान गरिरहेका छौं,’ उनले भने, ‘सामान बिक्री पछिको सेवालाई अझै प्रभावकारी र व्यवस्थित गरेका छौं ।’

You might also like

Comments are closed.