पोखरामा शिखर सुजको फ्याक्ट्रि आउटलेट शुरु

पोखरा,६ फागुन
नेपाली उत्पादन शिखर सुजले सोमबारदेखि पोखराको सिद्धार्थचोकमा फ्याक्टि आउटलेट तथा ग्राण्ड शिखर सुज मेला शुरु गरेको छ । पोखराको उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले एक समारोहका विच मेलाको उद्घाटन गर्दै शिखर सुज नेपालको आफ्नैं उत्पादन भएकाले पनि नेपालीले यसलाई माया गर्नुपर्ने बताए । विभिन्न उत्पादनहरुले आफ्नों ब्राण्डको बजारीकरणसंगै व्यवसाय प्रवद्र्धनका लागि यस किसिमका मेला सफल देखिएको उनले बताए । अधिकारीले व्यवसायिक एकता र स्वस्थ्य प्रतिस्पर्धा आजको आवश्यकता रहेको औल्याए ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाईंले गत महिनामात्रै पोखरामा शिखर सुज ग्राण्ड सेल मेला आयोजना गरेको जानकारी दिंदै उक्त मेलामा पोखरेलीहरुले देखाएको चासो र उनीहरुकै आग्रह बमोजिम फेरीपनि अर्को मेला आयोजना गरिएको बताए ।  फ्याक्टि आउटलेट मेलामा एक हजार भन्दा बढि डिजाइनका जुत्ता चप्पलहरु रहेको उनले जानकारी दिए ।

५० भन्दा बढि मोडलका नयाँ जुत्ताहरु आउटलेटबाट लन्च गरिएको उनले जनाए । मेलामा न्यूनतम १५ प्रतिशत देखि अधिकतम असामान्य छुट सम्म दिने बताइएको छ । समारोहमा बोल्दै व्यवसायि शालिकराम घिमिरेले मेलामा जुत्ता संगै सुपथ मुल्यमा लत्ता कपडा पनि उपलब्ध हुने जानकारी दिए ।

You might also like

Comments are closed.