पोखरामा शिखर सुजको मेलामा ग्राहकहरुको भिड

पुष २९,पोखरा
पोखराको सिद्धार्थचोकस्थित स्काई ब्राण्डको सोरुम परिसरभित्र जारी शिखर सुजको मेलामा ग्राहकहरुको भिड लागेको छ ।
कम्पनीले मेलाका अवसरमा जुत्ता खरिदमा असामान्य छुट दिएपछि पोखरेली ग्राहकहरुको भिड लागेको हो । “ पाँच सयमै दुई वटा जुत्ता पाइदो रहेछ’–जुत्ता किन्दै गरेका गणेशटोलका राजेक कोइरालाले भने ” । ‘सस्तो मात्रै नभई मेलामा राम्रा जुत्ता पनिमा पनि छुट दिइएको छ भन्ने सुनेर जुत्ता किन्न आएको हुँ’–अर्का ग्राहक कुँडहरका राजेश सिग्देलले बताए ।

शिखर सुजका प्रबन्ध निर्देशक रामकृष्ण प्रसाइले तीन साताका लागि मात्रै मेला आयोजना गरिएको भएपनि ग्राहकहरुको माग अनुसार समय बढाइन सकिने बताए । मेलामा अविश्वसनीय मूल्यमा पोखरेलीलाई शिखरका जुत्ता उपलब्ध गराइएको उनले बताएका छन् । पोखरेलीलाई नेपाली जुत्ता सहज रुपमा उपलब्ध गराउन सेल मेला आयोजना गरिएको प्रसाईको भनाई छ ।

‘शिखरले पोखरामा गर्ने एकल सेल मेला जुत्ता चप्पल किन्नेहरुका लागि निकै सस्तोमा लिने मौका हुनेछ । “ अत्यन्त सस्तो दाममा उपलब्ध गराइने भएकाले उपभोक्ताले बर्षभरिका लागि चाहिने जुत्ता चप्पल यही मेलामा एकै पटक किन्न सक्नेछन् । सम्भवत ः पोखरामा यस्तो अबसर फेरि नआउन पनि सक्छ” उनले भने ।
मेलामा शिखरले उत्पादन गरेका सबै प्रकारका जुत्ता उपलब्ध रहेक छन् । नयाँदेखि स्टकमा रहेका मेलामा महिलाका लागि उपयुक्त हुने जुत्ताचप्पल पनि राखिएका छन् । शिखरले पार्टी, स्पोर्टस, क्याजुअल, स्कुल, कलेज र कर्मचारीको युनिफर्मका जुत्ता मेलामा उपलब्ध गराएको छ ।

You might also like

Comments are closed.