पोखरामा सडक महोत्सव जारी, आन्तरिक र बाह्य पर्यटकको भिड

आर्थिक आवाज
पोखरा, १४ पुस । पोखराको लेकसाइडमा सडक महोत्सव जारी छ । रेवान पोखराले आयोजना गरेको महोत्सवको दोस्रो दिन शनिबार दर्शकको भिड लागेको छ । महोत्सव स्थलमा आन्तरिक तथा बाह्य पर्यटक भरिभराउ भएको संघका उपाध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । शनिबार बिदाको दिन भएकाले पनि पर्यटक बढेका हुन् ।

महोत्सव स्थल ३ किलोमिटर सडकमा दर्शकको भिड लागेको हो । अंग्रेजी नयाँ वर्षको स्वागतार्थ रेवान पोखराको आयोजनामा पोखरामा वर्षेनी महोत्सव हुँदै आइरहेको छ । शुक्रबार सुरु महोत्सव मंगलबारसम्म जारी रहनेछ ।

पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्य स्थल बनाउन महोत्सव आयोजना गरिएको रेवान पोखरा अध्यक्ष बुधराज भुजेल ‘भीमसेन’ले बताए । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन, जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामीण क्षेत्रमा उत्पादित घरेलु सामग्रीहरुको संरक्षणका साथै प्रवद्र्धन गर्ने महोत्सवको उद्देश्य रहेको उनले बताए ।

महोत्सवसँगै पोखरा आउने पर्यटकको संख्या बढेपछि यहाँ होटलहरु पनि भरिभराउ भएको रेवान पोखराका कार्यसमिति सदस्य नरेश भट्टराईले जानकारी दिए । महोत्सवको मुुख्य प्रायोजक गोर्खा ब्रुअरी, नेपाल डिष्ट्रिलरी प्रालि र जाउलाखेल ग्रुप अफ इण्डष्ट्रिज प्रालि र प्रवद्र्धकमा नेपाल पर्यटन बोर्ड छन् ।

You might also like

Comments are closed.