पोखरामा सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम

 

आर्थिक आवाज
जेठ ४, पोखरा ।

पोखरामा सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । व्यवसाय प्रवद्र्धनको लक्ष्यसहित कार्यक्रम गरिएको हो । सिएट टायरको विशेषताहरुका बारेमा ग्राहकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको कम्पनीले जनाएको छ । सिएट टायरको बिक्रेता नेपालको आधिकारिक बिक्रेता सिम्रन ट्रेडिङ एण्ड सप्लायर्स प्रालि र पोखरा क्षेत्रको आधिकारिक बिक्रेता मोनिका सप्लायर्सको आयोजनामा कार्यक्रम भएको हो ।

उक्त अवसरमा बोल्दै सिएट टायरका लागि नेपाल कन्ट्री म्यानेजर रजनिस कुमारले सिएट टायर संसारभर लोकप्रिय रहेको बताए । ‘सिएट टायर निकै बलियो र विश्वसनीय छ,’ उनले भने, ‘नेपालमा सिएट टायरको माग उच्च छ ।’ सिएट टायरले ग्राहकको विश्वास जित्न सफल भएको उनको दावी छ ।

कार्यक्रममा पोखरा तथा आसपासका यातायात व्यवसायी तथा सिएट टायरका ग्राहकहरु सहभागी भएको मोनिाका सप्लायर्सका सञ्चालक मोहनबावु खड्काले जानकारी दिए । ‘सिएट टायरको बिक्री पछिको सेवा राम्रो छ,’ खड्काले भने, ‘भारतमा उत्पादित सिएट टायर पोखरा भित्रिएको छोटो समयमा नै लोकप्रिय बनेको छ ।’

भारतमा सन् १९४७ देखि उत्पादित सिएट टायर संसारका धेरै राष्ट्रहरुमा बिक्री हुँदै आइरहेको छ । मोटरसाइकलदेखि जहाजसम्मका सिएटका टाएरहरु उत्पादन हुँदै आइरहेका छन् । अरु ब्राण्ड भन्दा उत्कृष्ट, बढी माइलेज दिने विशेषताका कारण सिएर टायर ग्राहकको रोजाइमा परेको सिएट टायरका राजपाल चट्टले जानकारी दिए । सोही अवसरमा कम्पनीले आरडि सुपर २१७ सेभेन टायरको बिक्री शुभारम्भ गरेको छ ।

You might also like

Comments are closed.