पोखरामा सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम

पोखरा, १५ फागुन ।
सिएट टायरको ग्राहक भेटघाट कार्यक्रम पोखरामा सम्पन्न भएको छ । व्यवसाय प्रवद्र्धनको लक्ष्यसहित कार्यक्रम गरिएको हो । सिएट टायरको विशेषताहरुका बारेमा ग्राहकलाई जानकारी गराउने उद्देश्यले कार्यक्रम गरिएको सिएट टायरका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता मोनिका सप्लायर्सका सञ्चालक मोहनबावु खड्काले जानकारी दिए ।

उक्त अवसरमा बोल्दै सिएट टायरका लागि नेपाल कन्ट्री म्यानेजर रजनिस कुमारले सिएट टायर संसारभर लोकप्रिय रहेको बताए । ‘सिएट टायर निकै बलियो र विश्वसनीय छ,’ उनले भने, ‘नेपालमा सिएट टायरको माग उच्च छ ।’ सिएट टायरले ग्राहकको विश्वास जित्न सफल भएको उनको दावी छ ।

न्युरोडस्थित सिटी स्क्वायर पार्टी प्यालेसमा आयोजित कार्यक्रममा पोखरा तथा आसपासका यातायात व्यवसायी तथा सिएट टायरका ग्राहकहरु करिब एकसय जना सहभागी भएको खड्काले जानकारी दिए । ‘सिएट टायरको बिक्री पछिको सेवा राम्रो छ,’ खड्काले भने, ‘भारतमा उत्पादित सिएट टायर पोखरा भित्रिएको छोटो समयमा नै लोकप्रिय बनेको छ ।’

भारतमा सन् १९४७ देखि उत्पादित सिएट टायर संसारका धेरै राष्ट्रहरुमा बिक्री हुँदै आइरहेको छ । मोटरसाइकलदेखि जहाजसम्मका सिएटका टायरहरु उत्पादन हुँदै आइरहेका छन् । अरु ब्राण्ड भन्दा उत्कृष्ट, बढी माइलेज दिने विशेषताका कारण सिएर टायर ग्राहकको रुचीमा पर्ने कन्ट्री म्यानेजर रजनिसले जानकारी दिए ।

You might also like

Comments are closed.