पोखरामा सिजी र मेजु मोबाइलको रिटेल भेटघाट कार्यक्रम

पोखरा, १९ माघ । सिजी मोबाइल प्रालि अन्तर्गतको मेजु र सिजी मोबाइलको रिटेल भेटघाट कार्यक्रम बिहीबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा पोखराका करिब ८० जना व्यवसायी सहभागी भएको सिजी मोबाइलका मार्केटिङ अफिसर किशोर न्यौपानेले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रालिका बिजनेश हेड रमेश श्रेष्ठले सिजी र मेजु मोबाइल नेपाली बजारमा लोकप्रिय रहेको बताए । चौधरी ग्रुपको आफ्नै उत्पादन सिजी मोबाइल र चीनमा उत्पादित मेजु मोबाइल पोखरा लगायत देशभरको बजारमा राम्रो बिक्री भइरहेको उनले बताए ।

मेजु मोबाइललाई चौधरी ग्रुपले १ महिना अगाडि मात्रै नेपाल भित्र्याएको हो । मेजुका १३ हजार रुपैयाँदेखि ४७ हजार रुपैयाँसम्मका विभिन्न मोडेलका मोबाइल नेपाली बजारमा बिक्री भइरहेको उनले बताए । ‘युरोप लगायत संसारभर लोकप्रिय मेजु मोबाइल नेपालमा छोटो समयमा स्थापित भइसकेको छ,’ उनले भने ।

सिजी र मेजु मोबाइलको गण्डकी तथा धौलागिरी क्षेत्रको आधिकारिक बिक्रेता एसआरडी ट्रेडर्स हो । यस क्षेत्रमा सिजी र मेजु मोबाइलको बिक्री दिनप्रतिदिन बढिरहेको ट्रेडर्सका सञ्चालक रमेश गौतमले बताए ।

यसैबीच, सिजी मोबाइल प्रालिले सोही अवसरमा मेजुको एम फाइभ सी मोबाइल सार्बजनिक गरेको छ । ३००० एमएएच व्याट्री, ८ र ५ मेगापिक्सल क्यामरा, २ जिबी ¥याम, १६ जिबी रोम, ५ इन्चको डिस्प्ले भएको यो मोबाइल धेरैको रोजाईमा पर्ने कम्पनीको विश्वास छ ।

मेजुकै एम फाइभ नोटको पनि बिक्री शुभारम्भ गरिएको छ । ५.५ इन्च डिस्प्लेमा उपलब्ध यो मोबाइलले सिडिएमए र जिएसएमलाई सपोर्ट गर्ने सेल्स अफिसर रविन मानन्धरले जानकारी दिए । ४००० एमएएच व्याट्री, ३ जिबी ¥याम, ३२ जिबी रोम मोबाइलको विशेषता रहेको उनले बताए । मेजुका मोबाइलको अर्को विशेषता १ वर्षको इन्सुरेन्स सेवा हो ।

You might also like

Comments are closed.