पोखरामा सुजुकी बर्गम्यान १२५ बिक्री सुरु

आर्थिक आवाज
पोखरा, ११ पुस । सुजुकीको नयाँ स्कुटर बर्गम्यान १२५ पोखरामा बिक्री सुरु भएको छ । सुजुकीका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता हिमालय अटो वल्र्ड पोखराले नयाँ स्कुटरको एक कार्यक्रमका बीच बिक्री सुरु गरेको हो । प्रमुख अतिथि पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एसोसिएसनका अध्यक्ष चन्द्रबहादुर कुँवरले स्कुटरको बिक्री सुरुवात गरे ।

स्कुटरमा १४ इन्चका ठूला प्राङग्रा र ट्युबरहित टायर छन् । यो स्कुटरमा ७५०० आरपीएममा ८.७ बीएचपी उत्पादन गर्ने क्षमता बोकेको १२४.३ सीसीको शक्तिशाली इञ्जिन जडान छ । यसको अग्र भागमा डिस्क ब्रेक र पछाडिपट्टि ड्रम युनिट रहेको मार्केटिङ म्यानेजर नवराज कोइरालाले जानकारी दिए । यसको इन्धन ट्यांकको क्षमता ५.६ लिटर रहेको उनले बताए ।

एलइडी हेड लाइट, एलइडी टेल ल्याम्प जडान गरिएकाले स्कटुर थप आकर्षित देखिएको हिमालय अटो वल्र्डका सञ्चालक मीलन थापाको जानकारी दिइन् ।

‘हावाको बहाव फेर्ने, क्रोम फिनिसिङ, मध्यवर्ती लक प्रणाली, यूएसबि चार्ज गर्ने स्थान एवं पञ्जा राख्ने खण्डजस्ता विविध सुविधाजनक विशेषताहरू छन्,’ उनले भनिन् । स्कुटरको मूल्य २ लाख २९ हजार ९ सय रुपैयाँ तोकिएको कम्पनीले बताएको छ । हिमालय अटो वल्र्डका सञ्चालक मीलन थापाको सभापतित्वमा आयोजित कार्यक्रममा अध्यक्ष ध्रुवबहादुर थापा, पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवाली लगायतले बोलेका थिए । सुजुकी टु ह्विलर्सको नेपालको आधिकारिक बिक्रेता भिजी अटोमोबाइल्स प्रालि हो ।

You might also like

Comments are closed.