पोखरामा सुनचाँदी पसलमा चोरी

पोखरा, २४ मंसिर । पोखराको रामबजारमा रहेको सुनचाँदी पसलमा चोरी भएको छ । रामबजारस्थित घलेचोकमा रहेको सुनपसलमा चोरी भएको हो । घलेचोकस्थित कमल सुनचाँदी पसलमा गएराती चोरी भएको हो ।

चोरले साढे २ तोला सुन, ९ तोला चाँदी र ३ हजार रुपैयाँ नगद चोरी भएको बताइएको छ । पसलभित्र दुईवटा सिसी क्यामेरा भएपनि चोरले एउटा क्यामेरा काटेको देखिएको छ ।

अर्को क्यामेरा काट्ने मेसो नपाएपछि चोर क्यामेरामा कैद भएका छन् । चोरीबारे प्रहरीमा उजुरी आएपछि प्रहरीले सिसी क्यामेराको फुटेज लगेको छ । घटनाबारे अनुसन्धान भइरहेको रामबजार प्रहरीले जनाएको छ ।

You might also like

Comments are closed.