पोखरामा सूर्या लाइफको ‘बिजनेट मिटिङ’

पोखरा, २०  साउन । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिजनेस मिट पोखरामा सम्पन्न भएको छ । आर्थिक वर्ष २०७५÷७६ का लागि वार्षिक बिजनेस मिटिङ आयोजना गरिएको हो । शनिबार र आइतबार गरी दुई दिनसम्म आयोजित मिटिङमा देशभरबाट सय जना कर्मचारी सहभागी भएको सूर्या लाइफका गण्डकी प्रदेश प्रमुख मीनबहादुर जिसीले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि इन्स्योरेन्सका सञ्चालक समिति अध्यक्ष केशव प्रसाद भट्टराईले सूर्या लाइफको आन्तरिक सुशासन राम्रो रहेको बताए । आगामी वर्षको लक्ष्य पुरा गर्नका लागि अग्रसर हुन उनले सबैलाई आग्रह गरे । प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले कम्पनीको अवस्थाका बारेमा प्रकाश पार्दै विभिन्न इन्स्योरेन्स कम्पनीसँगको प्रतिस्पर्धाबीच सूर्या लाइफलाई कसरी अगाडि बढाउने भन्ने विषयमा धारणा राखेका थिए ।

कार्यक्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत पुण्यप्रसाद खनियाँ, बजार बिभाग प्रमुख माधवप्रसाद शर्मा र सहायक महाप्रवन्धक जगदीश प्रसाद आचार्य लगायतले विभिन्न विषयमा बोलेका थिए ।

You might also like

Comments are closed.