पोखरामा ‘सेलिब्रिटी शेपअप च्यालेन्ज’ आयोजना

आर्थिक आवाज
पोखरा, ३ जेठ । अबिसिटी तथा मोटोपनाले विभिन्न रोगहरु निम्ताउने हुँदा त्यसलाई नियन्त्रन गर्ने लक्ष्यले पोखराको न्युरोडमा अवस्थित शेप अप स्लिमिङ सेन्टरले सेलिब्रिटी शेपअप च्यालेन्ज आयोजना गर्ने भएको छ । ३ महिने फिट्नेश च्यालेन्जकी प्रथम प्रतियोगी पोखराकी सेलिब्रिटी होस्ट निशा पन्थी हुने भएकि छिन् । यो च्यालेन्जमा शेप अप स्लिमिङ सेन्टरले निशा पन्थीलाई प्राकृतिक तरिकाले ३ महिनामा बिना कुनै साइड इफेक्ट १५ केजीसम्म घटाऊने निर्णय गरेको छ ।

३ महिने सेलिब्रिटी शेपअप च्यालेन्जमा कुनै पनि प्रतियोगीलाई शेप अप स्लिमिङ सेन्टरले १५ केजी सम्म घटाउने लक्ष्य लिएको छ । पोखरा तथा पोखरा क्षेत्र आशपासमा रहेका केही सामान्य मनिसहरु तथा सेलिब्रिटीहरु मोटोपनाले ग्रसित भइरहेको हुँदा शेपअपले यो च्यालेन्ज बजारमा ल्याएको हो । सेलिब्रिटी शेपअप च्यालेन्जमा पहिलो प्रतियोगी हुन पाउदा खुशी लागेको पन्थीले बताइन् । १८ वर्षदेखि सन्चालनमा रहेको शेप अप स्लिमिङ सेन्टरको पोखरा शाखा ३ वर्षदेखि सञ्चालनमा रहेको संस्थाका म्यानेजर सविता कर्मचार्यले जानकारी दिइन्

You might also like

Comments are closed.