पोखरामा हुने राखेप च्याम्पियनसिप राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको तयारी पुरा

पोखरा १७, पुस । नेपाल ह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना बुधबार देखि पोखरामा संचालन हुने राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको तयारी पुरा भएको छ ।

यही पुस २२ गतेसम्म पोखरामा संचालन हुने १८ औं पुरुष तथा ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिताको तयारी पुरा भएको नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले बताए । प्रतियोगितामा दुई विभागिय र पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिमको सहभागिता हुने भएको उनले जनाए ।

हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन हुने उक्त प्रतियोगितामा सशस्त्र प्रहरी वलको एपिएफ र नेपाली सेनाको दुई बिभागिय सहित पाँच विकास क्षेत्रका एक÷एक गरी महिला तथा पुरुष तर्फ ७÷७ टिम हुने भएको हो । प्रतियोगितामा सहभागि हुने टिमहरु पोखरा आउने क्रम सुरु भएको संयोजक गुरुङले जनाए ।

प्रतियोगितामा विजेता हुने महिला तथा पुरुषको टिमलाई ३०÷३० हजार, उपविजेतालाई २०÷२० हजार र तेश्रो हुनेलाई १०÷१० हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र वितरण गरिने भएको छ । प्रतियोगिता बाट उत्कृष्ट खेलाडीहरु छनौट गरि सन २०१९ मा नेपालमा आयोजना हुने १३ औ साग खेलका लागि खेलाडी छनौट समेत गरिने हुँदा यो प्रतियोगिता नेपाली ह्याण्डबल खेलका लागि महत्वपूर्ण रहेको बताइन्छ ।

You might also like

Comments are closed.