पोखरामा हुन्डाईको इलेक्ट्रिक कार कोना, ठाउँ ठाउँमा चार्जिङ स्टेसन (विशेषतासहित)

पोखरा । हुन्डाईको इलेक्ट्रिक कार कोना इभी नेपाली बजारमा ल्याएसँगै पोखरामा पनि भित्रिएको छ । पोखरामा हुन्डाई कोनाको धमाधम बुकिङ भइरहेको आधिकारिक बिक्रेता एल.आई. मोटर्सका सेल्स एण्ड मार्केकिङ इन्चार्ज भीमसिंह खत्रीले जानकारी दिए ।

यसको मूल्य नेपाली बजारमा ५५ लाख ९६ हजार रुपैयाँ तोकिएको छ । यो विभिन्न चार कलर भेरिएन्टमा उपलब्ध छ । नेपाली बजारका लागि ३ वर्षको वारेन्टी र ८ वर्षको ब्याट्री वारेन्टीमा यो कार उपलब्ध छ ।

कोना ईभी हुन्डाईको पहिलो पूर्ण इलेक्ट्रिक सब–कम्प्याक्ट एसयूभी हो, जसमा क्लोज्ड ग्रिल र अद्भुत वाहिरी डिजाइन छ । यसको भित्री भागमा रहेको सेन्टर कन्सोलले सहज रुपमा सिफ्ट बाई वायर मोडलले गाडी चलाउन सहयोग गर्छ ।

कोना ईभीले १३५ पीएसको पावर दिन्छ र यसका कारण एसयूभीको दरिलोपनको साथ इलेक्ट्रिक पावरट्रेनको पावर प्रदान गर्छ । यसमा ३९.२ किलोवाट आवरको पोलिमर ब्याट्री प्याक छ, जसलाई सिंगल चार्ज गर्दा ३ सय किलोमिटर भन्दा बढी दुरी सम्म ड्राइभ गर्न सकिन्छ ।

यसमा टप बटम एलईडी डीआरएल, ढाकिएको फ्रन्ट चार्ज पोर्ट, एलईडी रियर ल्याम्प्स, अटोहोल्डको साथ इलेक्ट्रिक पार्किङ ब्रेक (ईपीबी), प्याडल सिफ्टर, तातो र हावा जाने अगाडिको सिटहरु, वायरलेस चार्जर, ६ एयरब्याग, हिल असिष्ट कन्ट्रोल आदि विशेषताहरु छन् ।

ठाउँ ठाउँमा चार्जिङ स्टेसन
पोखरामा हुन्डाई कोना भित्रिएसँगै ठाउँ ठाउँमा चार्जिङ स्टेसन स्थापना गरिएको छ । हुन्डाई सर्भिस सेन्टर बुद्धचोक, हुन्डाई सर्भिस सेन्टर पस्र्याङ, वाटरफ्रन्ट रिसोर्ट, होटल ग्राण्ड पोखरा, वाराही होटलमा चार्जिङ स्टेसन स्थापना भइसकेको खत्रीले जानकारी दिए । हाइवे तथा देशभरका मुख्य शहरमा चार्जिङ स्टेसन स्थापना भइसकेकाले इलेक्ट्रिक कार हुन्डाई कोनाको बिक्री नेपाली बजारमा बृद्धि हुने कम्पनीले विश्वास लिएको छ ।

हुन्डाई कोनाका विशेषताहरुः

लुक
हुन्डाई कोनाको इलेक्ट्रिक भेरिएन्ट हेर्दा धेरै हदसम्म यसको पेट्रोल डिजेल भेरिएन्ट जस्तै छ । यसमा १७ इन्चको अलोय ह्विल, अटोमेटिक हेडलाइट, एलईडी टेललाइट, प्लाष्टिक बडी क्लयाडिङ र रुफ रेल्स उपलब्ध छ । यो ह्वाइट, सिल्भर, ब्लु र ब्ल्याक गरी चार कलर अप्सनमा उपलब्ध हुनेछ । त्यसैगरी अर्को कलर अप्सन ह्वाइटका साथ ब्ल्याक रुफ पनि छ । यसका लागि थप २० हजार भारु तिर्नु पर्नेछ ।

इन्टेरियर र फिचर्स
यसको इन्टेरियर ब्ल्याक कलरमा उपलब्ध छ । यसमा १०–वे एड्जस्टेबल ड्राइभर सिट, फ्रन्ट भेन्टिलेटेड र हिटेड सिट, लेदर फिनिसिङ स्टेयरिङ ह्विल, वायरलेस फोन चार्जर तथा एन्ड्रोइड र एप्पल कारप्लेका साथ ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिष्टम जस्ता फिचर उपलब्ध छन् ।

त्यसैगरी सो इलेक्ट्रिक एसयूभीमा इलेक्ट्रिक सनरुफ, पावर विन्डो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, स्मार्ट की र पुश बटन स्टार्ट जस्ता अन्य फिचर पनि उपलब्ध छन् ।

पावर
भारतीय बजारमा उपलब्ध कोना इलेक्ट्रिकमा ३९.२ किलोवाट आवरको ब्याट्री प्याक उपलब्ध छ । यसका साथमा उपलब्ध इलेक्ट्रिक मोटरले १३६ एचपी पावर र ३९५ एनएम पिक टर्क जेनेरेट गर्छ । यसमा इको, इको प्लस, कम्फर्ट र स्पोर्ट गरी चार ड्राइभिङ मोड उपलब्ध छ । कम्पनीका अनुसार यसले ९.७ सेकेन्डमै ० देखि १०० किलोमिटर प्रतिघण्टा सम्मको गति लिन सक्छ ।

सेफ्टी
सो गाडीमा दमदार सेफ्टी फिचर समेत उपलब्ध छ । यसमा ६ एयरब्याग, ईबीडीका साथ एबीएस, इलेक्ट्रोनिक स्ट्याबिलिटी कन्ट्रोल, हिल असिष्ट, गाइड लाइन्सका साथ रियर क्यामेरा र टायर प्रेसर मोनिटरिङ जस्ता फिचर उपलब्ध छन् ।

चार्जिङ समय
हुन्डाई कोना इलेक्ट्रिकलाई एसी लेवल २ चार्जरबाट ६ घण्टा १० मिनेटमा फुल चार्ज गर्न सकिन्छ । त्यसैगरी डीसी फास्ट चार्जरबाट यसलाई ५७ मिनेटमा ८० प्रतिशत चार्ज हुन सक्छ ।

You might also like

Comments are closed.