पोखरामा होण्डाको ‘महा एक्सचेन्ज मेला’, अन द स्पट फाइनान्समा ९.९९ प्रतिशत व्याजदर

आर्थिक आवाज
पोखरा

होण्डा मोटरसाइकल तथा स्कुटरका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड सन्स नयाँबजार पोखराले नयाँ वर्षको विशेष अफर आयोजना गरेको छ । वैशाख २४ गते मंगलबार शुरु हुने अफर ३ दिनसम्म जारी रहने सन्सका प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए । नयाँबजारस्थित शोरुममै अफर योजना तथा महा एक्सचेन्ज मेला संचालन हुनेछ ।

‘मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटर साटफेर गर्न सकिनेछ,’ कुँवरले भने, ‘ग्राहकको हितलाई मध्यनजर गरी मेला आयोजना गरेका हौं ।’ मेला अवधिभर ग्राहकलाई नयाँ मोटरसाइकल खरीदमा विशेष छुटको व्यवस्था गरिएको कुँवरले बताए । होण्डाका मोटरसाइकल तथा स्कुटर धेरै ग्राहकको रोजाइमा परेको कुँवरले बताए । ‘मेला अवधिभर ग्राहकको भिड लाग्ने हाम्रो विश्वास छ,’ उनले भने । ग्राहकले कुनै पनि ब्राण्डका, कुनै पनि चल्ने वा नचल्ने मोटरसाइकल तथा स्कुटरहरुसँग साटफेर गरी नयाँ होण्डा मोटरसाइकल लैजान सक्नेछन् ।

नयाँ बर्षको बिशेष अफर अन्तरर्गत ४ हजारदेखी १ लाखसम्म स्क्राच कुपन, ५ बर्षसम्म फ्रि सर्भिसिङ, ५ बर्षसम्म पार्टसमा १० प्रतिशत छुट, हरेक हप्ता वम्पर उपहारमा ५ लाख रुपैयाँ, १ होण्डा हेलमेटर र १ बर्षको यातायात कर छुट का अफर रहेका छन् । अन द स्पट फाईनान्सको सुविधा संगै व्याजदर ९.९९ प्रतिशत रहेको कुवरले जानकारी दिए ।

‘हामीले समय समयमा विभिन्न ठाउँमा पुगेर फ्रि सर्भिस क्याम्प गर्दै आइरहेका छौं,’ कुँवरले भने, ‘बिक्री पछिको सेवालाई प्राथमिकता दिएकै कारण पोखरा क्षेत्रमा होण्डाप्रति ग्राहकको आकर्षण छ ।’

You might also like

Comments are closed.