पोखरामा होण्डा स्कुटर र बाइकको ‘एक्सचेन्ज मेला’ जारी

आर्थिक आवाज
पोखरा, २४ पुस । होण्डा मोटरसाइकल तथा स्कुटरका लागि यस क्षेत्रको आधिकारिक बिक्रेता कुँवर ब्रदर्श एण्ड शन्स नयाँबजार पोखराले ‘एक्सचेन्ज मेला’ आयोजना गरेको छ । सोमबार सुरु मेला शुक्रबारसम्म जारी रहने सन्सका प्रवन्ध निर्देशक चन्द्र कुँवरले जानकारी दिए । नयाँबजारस्थित शोरुममै मेला भइरहेको छ ।

मेलामा जुनसुकै ब्राण्डका मोटरसाइकल तथा स्कुटर साटफेर गर्न सकिने कुँवरले भने जानकराी एि । ग्राहकको हितलाई मध्यनजर गरी मेला आयोजना गरिएको उनले बताए । मेला अवधिभर ग्राहकलाई नयाँ मोटरसाइकल खरीदमा विशेष छुटको व्यवस्था गरिएको कुँवरले बताए । होण्डाका मोटरसाइकल तथा स्कुटर धेरै ग्राहकको रोजाइमा परेको कुँवरको दावी छ । ‘मेला अवधिभर ग्राहकको भिड लाग्ने हाम्रो विश्वास छ,’ उनले भने । ग्राहकले कुनै पनि ब्राण्डका, कुनै पनि चल्ने वा नचल्ने मोटरसाइकल तथा स्कुटरहरुसँग साटफेर गरी नयाँ होण्डा मोटरसाइकल लैजान सक्नेछन् ।

You might also like

Comments are closed.