पोखरामा १ करोडको लगानीमा होटल मिडटाउन

पोखरा, १५ भदौ

पोखरामा १ करोड रुपैयाँ लगानीमा नयाँ होटल सञ्चालनमा आएको छ । पृथ्वीचोक र सभागृह चोकको बीचमा होटल मिडटाउन शुक्रबारदेखि सञ्चालनमा आएको हो ।

पुरानो होटल आनन्दलाई स्तरोन्नति गरी नयाँ व्यवस्थापन र नयाँ ब्रान्डका साथ सञ्चालनमा आएको होटल मिडटाउनको पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले उद्घाटन गरे । पुरानो होटल आनन्दलाई आधुनिक सेवा सुविधा थपेर स्तरोन्नति गरी सञ्चालनमा ल्याएको सञ्चालक मध्येकी एक पार्वती जिसीले जानकारी दिइन् ।

‘होटल आनन्द पोखरा आउने जोकोही पाहुनाको रोजाइको होटल थियो, हामीले त्यसलाई नयाँ नाम र व्यवस्थापनसहित सेवा सुविधा स्तरोन्नति गरेका सञ्चालनमा ल्याएका हौं,’ पार्वतीले भनिन्, ‘मिडटाउनलाई सबैखाले पाहुनाको रोजाइको होटल बनाउने छौं ।’

उच्च घरानादेखि मध्यम वर्गका व्यक्तिसम्मलाई लक्षित गरी होटलमा कोठाको व्यवस्था हुने अर्की सञ्चालक तुलसा जिसीले बताइन् । पृथ्वी राजमार्ग, सिद्धार्थ राजमार्ग र भूपी शेरचन राजमार्ग हुँदै पृथ्वीचोक झर्नेबित्तिकै जाने सुविधासम्पन्न होटलको रुपमा मिडटाउनलाई विकास गर्ने पार्वतीको भनाइ छ ।

होटलमा स्टान्डर्सदेखि स्विट रुमसम्म १७ वटा कोठा रहेको सञ्चालक सरिता सुवेदीले जानकारी दिइन् । ‘उच्च वर्गका पाहुनादेखि मध्यम परिवारलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएका हौं,’ सुवेदीले भनिन्, ‘हामीले यसलाई अझ स्तरोन्नति गर्दै लैजाने छौं ।’

होटलमा कन्फ्रेन्स हल, टप गार्डेन रेस्टुरेन्डसहित २ रेस्टुरेन्ट उपलब्ध छन् । टप गार्डेन रेस्टुरेन्टबाट हिमाल नियाल्दै परिकारको स्वाद लिन सकिने छ ।

You might also like
Ram Tulasi Palpa

Comments are closed.