पोखरामा ६ सय ८० सुत्केरीले पाए पौष्टिक आहार, अब वितरण बन्द

 

पोखरा ।
पोखरा महानगरपालिकाले लकडाउनको अवधिमा सुत्केरी भएका ६ सय ८० जनालाई पौष्टिक आहार वितरण गरेको छ । कोरोना संक्रमणका कारण लकडाउन भएपछि सुत्केरी महिलाहरु माइतीघर जान नपाउने र आफना आफन्त समेत भेट आउन नपाउने भएकाले अभिभाबकीय जिम्मेवारी निर्वाह गदै महानगरले लकडाउनमा सुत्केरी भएका महिलाहरुलाई एक किलो घिउ, एक किलो हरलिक्स, एक लिटर तेल, एउटा साबुन र नगद पाँच सय रुपैयाँ उपलब्ध गराएको थियो ।

चैत १० देखि जेठ ३२ गतेसम्म सुत्केरी भएका महिलाहरुलाई सुुत्केरी राहत प्रदान गरेको महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिईन् । बन्दाबन्दीका समयमा सुत्केरी भएर घरमै बसेका, माइती जान नपाएका एवं आफन्तको भेटघाटबाट वञ्चित महिलालाई महानगरले अभिभावकीय भूमिका निर्वाह गदै घरघरमा पौष्टिक आहार पु¥याएको थियो ।

महानगरभित्र लकडाउनको समयमा सुत्केरी महिलाहरुलाई पौष्टिक तत्वको कमी नहोस भनेर पौष्टिक आहार वितरण गरिएको हो उनले भनिन्, सुत्केरी राहतमा महानगरको १३ लाख ६० हजार रुपैयाँ खर्च भएको पौष्टिक आहार वितरणमा सहभागी पोखरा महानगर भण्डार शाखाका रेवती भण्डारीले जानकारी दिए । महानगरले सुत्केरी राहत वितरण बन्द गरेको छ । सरकारले असार १ गतेबाट लकडाउन खुकुलो बनाएसंगै सुत्केरी आहार वितण अभियान बन्द भएको उपप्रमुख गुरुङले बताईन् । उनका अनुसार ३२ गतेसम्म नाम टिपाएकाहरुलाई भने पौष्टिक आहार वितरण गरिने छ । ‘लकडाउन खुकुलो भयो, अब पौष्टिक आहार वितरण रोक्ने निर्णय गरेका छौ ।’

You might also like

Comments are closed.