पोखरा आदर्श र पोखरा स्टक फाइनलमा

पोखरा, १६ माघ । लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ बि १ नेपालद्वारा आयोजित अन्तर लायन्स क्विज प्रतियोगिताको फाइनलमा पोखरा क्षेत्रका २ वटा क्लब प्रवेश गरेका छन् । बुधबार पोखरामा सम्पन्न १४ वटा क्लबबीच भएको प्रतिस्पर्धामा लायन्स क्लब अफ पोखरा आदर्श र लायन्स क्लब अफ पोखरा स्टकले फाइनल यात्रा तय गरेको डिष्ट्रिक्टका चिफ पिआरओ परमेश्वर बरालले जानकारी दिए ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिष्ट्रिक्ट क्याबिनेट सेक्रेटरी राम बसेलले डिष्ट्रिक्टको वार्षिक कार्यक्रम अन्तर्गत क्विज आयोजना गरिएको बताए । ‘प्रतियोगिताले लायन्स साथीहरुमा अध्ययनको चासो बढाएको छ ।’

क्विज कन्टेष्ट कमिटि चेयरपर्सन विष्णु बरालको सभापतित्वमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा डिपार्टमेन्ट चिफ तीर्थलाल श्रेष्ठ, रिजन चियरपर्सन कृष्णराज आचार्यले लगायतले बोलेका थिए । १९ गते पोखरामा हुने फाइनलमा पोखरा क्षेत्रका २ वटा क्लबसहित काठमाडौंका २, तनहुँको १ र धौलागिरी क्षेत्रको १ क्लबले प्रतिस्पर्धा गर्नेछन् ।

MANASLU

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...