पोखरा इलेक्ट्रोनिक व्यवसाय संघको १९औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम

पोखरा, ३ फागुन । पोखरा इलेक्ट्रोनिक व्यवसाय संघको आयोजनामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । संघको १९औं वार्षिकोत्सवकोे अवसरमा शनिबार रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा २९ जनाले रक्तदान गरेका छन् ।

संघका अध्यक्ष उदय बहादुर केसीको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले पोखरा इलेक्ट्रोनिक व्यवसाय संघको सक्रियता प्रशंसनीय रहेको बताए ।

कार्यक्रममा संघका प्रथम उपाध्यक्ष दधिराम दाहालले स्वागत मन्तव्य राखेका थिए । संघका कार्यसमिति सदस्य तीर्थराज देवकोटाको संयोजकत्वमा कार्यक्रम भएको हो । सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा रक्तदान कार्यक्रम आयोजना गरिएको अध्यक्ष केसीले बताए ।

You might also like

Comments are closed.