पोखरा उद्योग वाणिज्य संघमा युवा व्यवसायी केशव खत्रीद्वारा उम्मेदवारी प्रस्तुत

आर्थिक आवाज
पोखरा, १६ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न ३२औं महाधिवेशनका लागि युवा व्यवसायी केशवबहादुर खत्रीले उम्मेदवारी सार्वजनिक गरेका छन् । कार्यसमिति सदस्य पदमा उम्मेदवारी दिने उनले आर्थिक आवाजलाई जानकारी दिए ।

वुद्धविशाल बजार व्यापारिक एसोसिएसन र फेन्सी तथा रेडिमेट व्यवसायी संघका अध्यक्ष खत्री वुद्ध बचत तथा ऋण सहकारी संघका सञ्चालक हुन् । लामो समयसम्म व्यावसायिक क्षेत्रमा आबद्ध रहँदै विभिन्न संघसंस्थाबाट सिकेको ज्ञानलाई उद्योग वाणिज्य संघमा पुगेर प्रयोग गर्ने उनले बताए ।

‘व्यावसायिक हकहितको क्षेत्रमा सधैं लाग्ने मेरो प्रतिबद्धता छ,’ उनले भनेका छन्, ‘सम्पूर्ण उद्योगी व्यवसायीबाट माया पाउनेमा विश्वस्त छु ।’

You might also like

Comments are closed.