पोउवासंघको प्रतिनिधीमण्डल एक्स्पो पोखराको प्रायोजक व्यवस्थापन गर्न राजधानीमा

पोखरा, २२ असोज ।

सफल एक्स्पो पोखरा २०७५ को लागि प्रायोजक व्यवस्थापनको लागि पोखरा उद्योग वाणिज्य संघको प्रतिनिधीमण्डल काठमाण्डौंमा रहेको छ ।

संघका अध्यक्ष दामु अधिकारीको नेतृत्वमा रहेको प्रतिनिधीमण्डलमा संघका वरिष्ठ उपाध्यक्ष तथा प्रायोजक व्यवस्थापन उपसमिति संयोजक नारायण कोइराला, वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापति र महासचिव अर्जुन पोखरेल रहेका छन् । राजधानीको बसाईको क्रममा सफल एक्स्पो पोखरालाई भव्य रुपले सम्पन्न गर्नको लागि विभिन्न उत्पादन एवं व्यवसायिक प्रतिष्ठानहरुसँग सहकार्यको पहल गरिएको अध्यक्ष दामु अधिकारीले जानकारी दिए ।

सफल एक्सपो पोखरा २०७५ आउँदो मंसिर १३ गतेदेखि मंसिर २४ गतेसम्म पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा आयोजना हुँदैछ । पोखरा उद्योग वाणिज्य संघले वर्षेनी आयोजना गर्दै आइरहेको राष्ट्रिय औद्योगिक व्यापार मेलाको परिस्कृत रुप नै सफल एक्स्पो पोखरा हो । एक्सपोको टाइटल स्पोन्सर भने यस पटक पनि सफल दूध रहेको संघका वरिष्ठ उपाध्यक्ष नारायक कोइरालाले बताए ।

संघका वाणिज्यतर्फका उपाध्यक्ष पवनकुमार प्रजापतिले गत वर्ष राष्ट्रिय औद्योगिक व्यापार मेलामा विभिन्न कोणबाट आवद्ध प्रतिष्ठानका प्रतिनिधीहरुसँगको भेटघाट उत्साहप्रद रहेको बताए ।

संघका महासचिव अर्जुन पोखरेलका अनुसार एक्स्पो पोखराले पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउने उदेश्य लिएको छ । एक्स्पो गण्डकी प्रदेशको ब्यवसाय बिस्तारको संभावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित रहेको उनकोे भनाई थियो ।

You might also like

Comments are closed.