पोखरा उद्योग वाणिज्य संघ ६५ औँ वर्षमा प्रवेश

 अध्यक्ष अधिकारीद्वारा निजी क्षेत्रविरुद्ध हुने गतिविधीप्रति सचेत रहन आग्रह
पोखरा, २५ माघ ।

पोखरा उद्योग वाणिज्य संघ ६५औँ वर्षमा प्रवेश गरेको छ । उद्योगी÷व्यवसायीहरुको हक हितको लागि २०११ साल माघ २५ गते विधिवत् रुपले संघको स्थापना भएको थियो । स्वर्गीय अमृतप्रसाद शेरचन संघका संस्थापक अध्यक्ष हुन् ।

२००७ सालको राजनीतिक परिवर्तनपछि पोखरामा स्थापना यो नै जेठो सामाजिक संस्था हो । ‘उद्योगी÷व्यवसायीहरुको हक हितको लागि स्थापना भए पनि यो चेतनाको संवाहक संस्था हो’,संघका पूर्व कार्यसमिति सदस्य तथा सँस्कृतिकर्मी तीर्थ श्रेष्ठले भने,‘ पोखराको समग्र आर्थिक, साँस्कृतिक र शैक्षिक उन्नयनको लागि पनि संघको भूमिका महत्वपूर्ण रहेको छ ।’

सँस्कृतिकर्मी श्रेष्ठले भनेजस्तै पोखरा उद्योग वाणिज्य संघ समग्र पोखराको आर्थिक र सामाजिक विकासको अभियन्ताको रुपमा प्रतिष्थापित भएको छ । खासगरी पोखराको शैक्षिक जागरणमा संघको भूमिका महत्वपूर्ण मानिन्छ ।‘पोखरामा बालमन्दिर, पृथ्वीनारायण क्याम्पस, पोखरा विश्वविद्यालय लगायतका शैक्षिक संस्था पोखरा उद्योग वाणिज्य संघको आर्थिक सहयोग र अगुवाईमा स्थापना भएका हुन्’, संघका पूर्व अध्यक्ष सुरेशकुमार राजभण्डारीले भने,‘संघले आफूलाई कहिल्यै वर्गीय दायरामा मात्र सिमित गरेन बरु यहाँका सबैजसो विकास निर्माणमा सक्दो सहयोग पु¥यायो ।’

संघका पूर्व अध्यक्ष कृष्णमोहन श्रेष्ठको विचारमा सामाजिक उत्तरदायित्वपूर्ण व्यवसायको अवधारणाको श्रेय पोखरा उद्योग वाणिज्य संघलाई दिँदा अन्यथा हुँदैन । उनका अनुसार संघले उद्योगी÷व्यवसायीको हक हित रक्षा गर्ने सिलसिलामा पनि सामाजिक दायित्व बिर्सेन ।

संघले आफ्नो ६५औँ वार्षिकोत्सवको अवसरमा शुक्रबार सचिवालयमा झण्डोत्तलन गर्नुका साथै व्यवसाय व्यवस्थापन तालीमको सुरुवात गरेको छ । संघको सचिवालयमा भएको झण्डोत्तलन कार्यक्रममा अध्यक्ष दामु अधिकारी, निवर्तमान अध्यक्ष विश्वशंकर पालिखे, संघका पदाधिकारी, पूर्व पदाधिकारी, कार्यसमितिका सदस्य तथा साधारण सदस्यहरुको समुपस्थिति रहेको थियो ।

वार्षिकोत्सवकै अवसरमा आयोजित व्यवसाय व्यवस्थापन विषयक ५ दिने तालीमको समुद्घाटन गर्दै संघका अध्यक्ष दामु अधिकारीले पोखराको आर्थिक र सामाजिक विकासको अगुवा र सहयात्रीको रुपमा क्रियाशिल संस्थालाई अझ मजबूत र सवल रुपले अगाडि बढाउने प्रतिवद्धता व्यक्त गरे ।
पछिल्लो समयमा पोखरा उद्योग वाणिज्य संघको जस्तै नाम सुनिने अमूक संस्थाहरुबाट संघ तथा सिंगो निजी क्षेत्रको मानमर्दन गर्ने गतिविधी भएप्रति असन्तुष्टी जनाउँदै उनले संघको गरीमा घटाउने व्यवहारहरु अस्वीकार्य हुने घोषणा गरे ।

‘एउटा संस्थामा चुनाव हार्दैमा पराजीत मनस्थितिबाट ग्रस्त भएर अर्को संस्था खोल्दा त्यहाँ पनि चुनाव हार्नासाथ अर्को नयाँ संस्था नखोलिएला भन्न सकिन्न’, उनले भने,‘बजारमा देखिएका यस्ता प्रवृत्ति र हल्लाबिरुद्ध सबै व्यवसायी सचेत हुन जरुरी छ ।’ उहाँले संस्थाको अगाडि व्यक्तिको महत्वकांक्षा र भूमिका गौण हुने धारणा समेत व्यक्त गरे ।

कार्यक्रममा बोल्दै संघका बरिष्ठ उपाध्यक्ष नारायण कोइरालाले तालीमहरु व्यक्तिको दक्षता बढाउने अभियानको हिस्सा भएको स्पष्ट पार्दै तालीमबाट सक्दो लाभ लिन सहभागीहरुलाई आग्रह गरे । संघका महासचिव अर्जुन पोखरेलको संचालन रहेको तालीममा विभिन्न व्यवसायिक प्रष्ठिानका २६ जना उद्योगी÷व्यवसायीहरुको सहभागिता रहेको छ । तालीम व्यवसाय विस्तार, व्यवसाय र बजारीकरणमा नयाँ प्रविधी तथा सीपको प्रयोगको लागि भएको आयोजक संस्था औद्योगिक व्यवसाय विकास प्रतिष्ठान पोखराका कार्यालय प्रमुख रामप्रसाद तिवारीेले जानकारी दिए ।

You might also like

Comments are closed.