पोखरा उद्योग वाणिज्य संघमा म्यानमारका राजदुत, आपसी सम्वन्ध विस्तारमा सहकार्य गर्ने

पोखरा, १८ फागुन ।

नेपालको लागि म्यान्मारका राजदूत थिरी पेन्ची यु तुन नाय लिनले बुद्धिष्ट सर्किट संचालनमा आउन सके यसले नेपाल र म्यानमार दुबैको पर्यटन बृद्धिमा सहयोग पुग्ने बताए ।

‘नेपालले बिमिस्टेक बैठकमा समेत बुद्धिष्ट सर्किटको कुरा उठाएको छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत लिनले भने,‘ जनस्तरमा सम्बन्ध बिस्तारको लागि पनि यो फलदायी हुनेछ । बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर भारतका विभिन्न सहर, भुटान,थाइल्याण्ड र म्यानमारलाई पनि जोडिने पर्यटकीय मार्ग नै बुद्धिष्ट सर्किट हो ।

राजदूत लिनले नेपाल र म्यानमारबीच पुरानो सम्बन्ध रहेको चर्चा गर्दै ३ लाखभन्दा बढीको संख्यामा नेपाली भाषीहरु वर्मामा रहेको जानकारी दिए ।
‘ मैले नै ३ लाखभन्दा बढी नेपालीहरु वर्मामा रहेको थाहा पाएको छु’, सैनिक पेशामा लामो समय बिताएका राजदूत लिनले भन्ने,‘अफिसरसहित ४ सय जना नेपाली भाषी त बर्माको सेनामै रहेका छन् ।’ म्यानमारका धेरै जनताहरु बुद्धजन्मस्थल लुम्बिनी आउन चाहेको बताउँदै उनले लुम्बिनीको विकासको लागि बर्माको तर्फबाट भएको सहयोगको पनि स्मरण गरे ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन प्रवद्र्धनको लागि म्यानमार र नेपालबीच सहकार्य हुनुपर्नेमा जोड दिए । नेपालको निजी क्षेत्र र पोखराका उद्योगी÷व्यवसायीहरु म्यानमारसँग जनस्तरको सम्बन्ध बिस्तारको लागि तयार रहेको उनको भनाई छ । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गरेकोे कार्यक्रममा कार्यसमिति सदस्य गीता तिवारी र प्रकाशदेव पालिखेले पनि बोलेका थिए ।

You might also like

Comments are closed.