पोखरा उद्योग वाणिज्य संघका मनोनित सदस्यले लिए सपथ

आर्थिक आवाज
पोखरा, ५ फागुन । निजी क्षेत्रको छाता संस्था पोखरा उद्योग वाणिज्य संघका मनोनित ४ जना सदस्यले सपथ लिएका छन् । आइतबार संघको कार्यालयमा एक कार्यक्रमका बीच संघका अध्यक्ष दामु अधिकारीले मनोनित सदस्यलाई सपथ खुवाएका हुन् ।

त्रिएक इन्भेष्टमेण्ट कम्पनी प्रालिका ऐनकुमार साई, दि कुटी रिसोर्ट प्रालिका देवेन्द्र केसी, आँधिखोला मेडिकल हलका रामबहादुर केसी र प्रसिम एग्रो फार्महाउसका शिवराज आचार्यले सदस्यको सपथ लिएका हुन् ।

अध्यक्ष दामु अधिकारीले विधानले दिएको अधिकार प्रयोग गर्दै ४ जना साधारण सदस्यहरुलाई कार्यसमितिमा मनोनयन गरेका थिए । अधिकारीले संघको विधानको धारा ६.१.१ (ड) ले दिएको अधिकार प्रयोग गरी ४ जना सदस्य मनोनित गरेका हुन् ।

You might also like

Comments are closed.