पोखरा उद्योग वाणिज्य संघमा कर लेखासम्बन्धी तीन दिने तालीम

पोखरा, ८ चैत ।

नेपाल उद्योग वाणिज्य महासंघ तथा प्रदेश नम्बर ४ तथा पोखरा उद्योग वाणिज्य संघको संयुक्त आयोजनमा पोखरामा कर लेखा प्रणालीसम्बन्धी तालीमसुरु भएको छ ।

साना तथा मझौला करदातालाई करसम्बन्धी शिक्षा प्रदान गरी कर कानूनले निर्दिष्ट गरेका व्यवस्थाहरु परिपालन गराउन, कर फाराम भर्दा हुने त्रुटीहरु कम गर्न तथा धेरैभन्दा धेरै व्यवसायीहरुलाई करको दायरामा ल्याउनु ३ दिने तालीमको उदेश्य हो । तालीममा ३३ जनाको सहभागिता रहेको छ । चार्टर्ड एकाउण्टेन्ट सचेतलाल श्रेष्ठ, र सन्तोष पाण्डे तथा तालीमको प्रशिक्षक रहेका छन् ।

तालीम उद्घाटन कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले अन्जानबस गरिएको गल्तीमा पनि कानूनी सजायँ भोग्नु पर्ने भएकोले व्यवसायीहरु हिसाब किताबमा चुक्न नहुने बताए । परिवर्तित करका दर र दायराबारे जानकारी राख्न र आफ्नो लेखा प्रणालीलाई व्यवस्थित गर्न तालीम फलदायी हुने उनको अपेक्षा छ ।

तालीम उद्घाटन कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर ४ का अध्यक्ष संजिवबहादुुर कोइरालाले तालीमले लेखा प्रणालीमा हुने त्रुटी कम गर्न मद्धत गर्ने विश्वास व्यक्त गरे । उनले कर छल्ने प्रवृत्तिलाई निरुत्साहित गर्न कर प्रशासनले सक्रियता देखाउनु पर्ने उल्लेख गर्दै करका प्रावधानहरुबारे व्यवसायी जानकार हुनु पर्नेमा जोड दिए ।

सो अवसरमा मन्तव्य राख्दै आन्तरिक राजश्व कार्यालय पोखराका कर अधिकृत विजय लामिछानेले करसम्बन्धी देखिने समस्या समाधानको लागि आफ्नो कार्यालय सधैँ तयार रहेको बताए । व्यवसायीहरुले अनलाइनमार्फत नै आफ्नो वास्तविक हिसाब किताब पेश गर्न सक्ने गरी राजश्व कार्यालयले गरेको व्यवस्थाबाट फाइदा लिन उनले े व्यवसायीहरुसँग आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका महासचिव दामु अधिकारीको संचालन रहेको कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत सीता घिमिरेले लेखा सबैलाई उपयोगी विषय भएको र तालीमबाट सक्दो लाभ लिन सहभागीहरुलाई आग्रह गरे ।

You might also like

Comments are closed.