पोखरा उद्योग वाणिज्य संघले थप्यो सदस्यता नवीकरणको समय

पोखरा । पोखरा उद्योग वाणिज्य संघले सदस्यता नवीकरण तथा नयाँँ सदस्य लिनका लागि समय थप गरेको छ ।पोखरा उद्योग वाणिज्य संघको वैशाख ३० गते बसेको बैठकले सो निर्णय गरेको महासचिव अर्जुन पोखरेलले जानकारी दिए ।

लक डाउन खुला भएदेखि २० दिनसम्मको अवधिमा सदस्यता नवीकरण गर्न तथा नयाँ सदस्यता लिन पाइने व्यवस्था गरिएको पोखरेलले जानकारी दिए । लकडाउनका कारण व्यवसायीलाई समस्या भएकाले समय थप गरिएको हो ।

You might also like

Comments are closed.