पोखरा उद्योग वाणिज्य संघले एक्स्पो पोखरा आयोजना गर्ने, अघिल्लो मेलाबाट १० लाख वचत

पोखरा, ७ साउन ।

पोखरा उद्योग वाणिज्य संघले गएको वर्ष आयोजना गरेको ‘सफल राष्ट्रिय औद्योगिक मेला तथा दोस्रो मोवाइल मेला २०७४, पोखरा’ बाट १० लाखभन्दा बढी बचत गरेको जनाएको छ ।

आय व्ययबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष विश्वशंकर पालिखेले मेलाबाट १० लाख ५५ हजार ९ सय बचत भएको जानकारी दिए ।उनका अनुसार मेलामा भएको प्रायोजन, टिकट बिक्री तथा स्टल भाडाबाट १ करोड १८ लाख २६ हजार ७ सय ९३ रुपैयाँ आम्दानी भएको तथा १ करोड ७ लाख ७० हजार ९ सय ६ रुपैयाँ खर्च भएको थियो । लगानीको सम्वद्र्धन ः उद्योग व्यवसायको प्रवद्र्धन भन्ने मूल नाराका साथ गएको पुस २७ गतेदेखि माघ ८ गतेसम्म मेलाको आयोजना गरिएको थियो ।

पोखरा लगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटन लगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा समेत सघाउ पु¥याउनु मेलाको उदेश्य थियो । यसैगरी समग्र गण्डकी प्रदेशको ब्यवसाय बिस्तारको सम्भावनाको खोजीे तथा यो प्रदेशको पर्यटकीय सम्भावना उजागर गर्ने उदेश्यमा समेत समर्पित मेला आफ्नो उदेश्यमा सफल भएको अध्यक्ष पालिखेले दावी गरे ।

करिब १ लाख ८० हजार अवलोकनकर्ताले मेलाको अवलोकन गरेको जिकिर गर्दैे टिकट काटेर मेला अवलोकन गर्नेहरुको संख्या भने ४८ हजार ४ सय ६० जना रहेको उनले जानकारी दिए । अध्यक्ष पालिखेका अनुसार आन्तरिक राजश्व कार्यालय पोखरालाई मेलाबापत संघले ९ लाख ५२ हजार ४ सय ६९ रुपैयाँ नेपाल सरकारलाई प्रत्यक्ष कर बुझाएको छ ।

‘हामीले मेलाकै अवसरमा सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा ७५ वटाभन्दा बढी आमा समूहहरुलाई बैठक बस्दा चाहिने कुर्चीहरु पनि प्रदान ग¥यौँ’, उनले भने,‘ हामीले सामाजिक उत्तरदायित्व बहन गर्ने सिलसिलामा अभियानको क्रममा पोखराको खानेपानी मुहान क्षेत्रमा निर्मित शवदाहन गृहहरु समुदायलाई हस्तान्तरण गरिसकेका छौँ, केही बन्ने क्रममा पनि छन् ।’ उनले मेलाको प्रवेश टिकटमा राखिएको कार उपहार कार्यक्रमलाई पारदर्शी तरिकाले सम्पादन गर्न सकेकोमा खुसी व्यक्त गरे । संघले मेलाको प्रवेश टिकटमा करिब १८ लाख मूल्यको इवन कार उपहार राखेको थियो । पहिलो पटक उपहार खोल्दा त्यो उपहार बिक्री नभएको टिकटलाई परेको थियो । संघले सो अवसरमा तत्काल पुनः उपहार खोल्ने कार्यक्रमलाई दोहो¥याउँदा पर्वतका १५ वर्षीय सन्दीप पौडेलले कार उपहार प्राप्त गरेका थिए ।

संघका अध्यक्ष पालिखेले समयानुकुल मेलालाई परिष्कृत गर्ने क्रममा यो पटक मेलाको नाम नै परिवर्तन गरी एक्सपो पोखरा राखिएको जानकारी समेत दिनुभयो । एक्सपो पोखराको पहिलो संस्करण यही आउँदो मंसिर १३ गतेदेखि २४ गतेसम्म आयोजना गरिने बताए । आउँदो मंसिरमा आयोजना हुने मेलाको तयारी थालिएको पनि उनको भनाई छ ।

कार्यक्रममा बोल्दै संघका उद्योगतर्फका उपाध्यक्ष गोकर्ण कार्कीले एक्सपो पोखराको ब्रोसरलगायतका तयारी अगाडि बढेको बताउनुभयो । उहाँले एक्सपो सफल बनाउन संचार क्षेत्रबाट सहयोगको अपेक्षा गरे । संघका महासचिव दामु अधिकारीले मेलाले पोखराको व्यवसायिक वातावरण निर्माणमा खेलेको भूमिकाले यहाँका उद्योगी÷व्यवसायीहरु लाभान्वित भएको बताए । मेलाले उद्यमशीलता विकासमा दीर्घकालीन योगदान दिने गरेको चर्चा गर्दै आउँदो एक्सपो पोखरालाई भव्य बनाउने प्रतिवद्धता जनाए । कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले पोखरा उद्योग वाणिज्य संघले सम्पादन गर्ने गतिविधीहरु उद्योगी÷व्यवसायीको मात्र नभएर पोखराको उन्नतिको लागि हुनुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघको आयोजना एवं पोखरा लेखनाथ महानगरपालिका, पोखरा उपत्यका नगर विकास समितिको सहयोग लक्ष्मी ग्रुपको सफल दूध, हुण्डाई र कुलप्याण्ड स्मार्ट फोनको मुख्य प्रायोजन तथा नेपाल पर्यटन वोर्ड तथा ग्लोवल आइएमइ बैंक लिमिटेडको प्रवद्र्धनमा मेला आयोजना भएको थियो । मेलामा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, माछापुच्छ«े बैंक लिमिटेड, अर्घाखाँची सिमेण्ट, फर्निचर ल्याण्ड, हरपल फुड्स प्रालिको हरपल चामल, बर्जर पेण्टस्को सहप्रायोजन र हिमालयन डिष्टिलरी र यति ब्रुअरी प्रालिको विशिष्ठ प्रायोजन रहेको थियो भने गृहलक्ष्मी ग्याँस, कोसेली तेल, ओम डेभलपमेण्ट बैंक, आहा चाउचाउ, एसियन थाइ फुड्स, एक्सन पोलिमर, अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिबाट पनि मेलाका विविध विधामा सहकार्य भएको थियो । । यसैगरी, पोखरा इन्टरनेट प्रालिको क्लियर टिभी र नागरिक दैनिक मिडिया पार्टनर, सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेड वीमा प्रायोजक रहेको मेलामा अतिथी रिसोर्ट र माउण्ट कैलास रिसोर्टले अफिसियल होटलको रुपमा सहकार्य गरेका थिए ।

You might also like

Comments are closed.