पोखरा उद्योग वाणिज्य संघको वरिष्ठ उपाध्यक्षमा यदु अधिकारीले उम्मेदवारी दिने

आर्थिक आवाज
पोखरा, १३ भदौ । पोखरा उद्योग वाणिज्य संघको आसन्न महाधिवेशनमा युवा व्यवसायी यदु अधिकारी वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् । अध्यक्षका उम्मेदवार दामु अधिकारी प्यानलबाट अधिकारीले उम्मेदवारी दिने पक्कापक्की भएको बताइएको छ ।

पोखरा उद्योग वाणिज्य संघको बर्तमान कार्यसमितिमा सदस्य रहँदा उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएकाले उद्योगी व्यवसायीहरुकै आग्रहमा आफू वरिष्ठ उपाध्यक्षको उम्मेदवार बन्न लागेको अधिकारीले बताए ।

अन्नपूर्ण फुड्स एण्ड वेभरेज प्रालिका अध्यक्ष अधिकारी पोखरा रियलस्टेट प्रालि, पोखरा रेसिडेन्सी प्रालि, एलिसा इन्भेष्टमेन्ट प्रालि, विरुवा खानेपानी बोरिङ प्रालि लगायतका व्यावसायिक प्रतिष्ठानसँग आबद्ध छन् । अघिल्लो महाधिवेशनमा लोकप्रिय मतका साथ अधिकारी सदस्यमा विजयी भएका थिए ।

संघको ३२औं महाधिवेशन असोज ५ र ६ गते हुँदैछ ।

सम्बन्धित खवर
baba hardware
टिप्पणिहरु
Loading...