पोखरा उद्योग वाणिज्य संघद्वारा रक्तदान

पोखरा, २४ माघ ।
पोखरा उद्योग वाणिज्य संघले आफ्नोे ६४ औँ वार्षिकोत्सवको अवसरमा पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा ४३ यूनिट रगत संकलन भएको छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्ययक्ष विश्वशंकर पालिखेले पहिलो रतmदाता युवराज बस्नेतलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उदघाटन गरेका थिए ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष एवम् रेडियो अन्नपूर्णका प्रमुख कार्यकारी अधिकृत दिपेन्द« श्रेष्ठले रगतको अर्को विकल्प नभएका कारण रक्तदान गर्नुपर्ने बताए ।

वार्षिकोत्सवकै अवसरमा विहिवार ४ नं प्रदेशको आर्थिक विकासमा उद्यमी व्यवसायीको भूमिका विषयक अन्तरक्रिया, उद्योग वाणिज्य संघमा आवद्ध ज्येष्ठ व्यवसायीलाई सम्मान र संघमा सञ्चालनमा रहेको जब पोर्टल विधिवत रुपमा शुभारम्भ गर्ने कार्यक्रम रहेको संघका अध्यक्ष पालिखेले जानकारी दिए ।

रक्तसञ्चार केन्द«को प्राविधिक सहयोग र रेडियो अन्नपूर्णको सहकार्यमा आयोजित उतm कार्यक्रममा संघका का.स.स. किसान सुनार र चन्द्रकिशोर गौतमले संघको तर्फबाट रक्तदान गरेका थिए ।

संघका अध्यक्ष विश्वशंकर पालिखेले स्वागत मन्तव्य राखेका थिए भने संचालन महासचिव दामु अधिकारीले गरेका थिए । खुल्ला रक्तदान कार्यक्रमका संयोजक हिरामणि पण्डितले धन्यवाद ज्ञापन गरेका थिए ।

You might also like

Comments are closed.