पोखरा एक्स्पो जारी, आज बद्री पंगेनी र जादुगरको विशेष प्रस्तुति

आर्थिक आवाज
पोखरा, १६ मंसिर । पोखरा उद्योग वाणिज्य संघद्वारा आयोजित सफल एक्स्पो पोखरा जारी छ । एक्स्पोको चौथो दिन आज (आइतबार) लोकदोहोरी गायक बद्री पंगेनीको विशेष प्रस्तुति रहने महासचिव अर्जुन पोखरेलले जानकारी दिए । साथमा चोलेन्द्र पौडेल, पूर्ण परियार, घनश्याम रिजाल, रवीन लामिछाने, कृष्ण सुवेदी, तुलसा जि.सी., पारु गुरुङको प्रस्तुति रहनेछ ।

यसैगरी हांस्य प्रहसनतर्फ महादेव त्रिपाठी (जादुगर)को प्रस्तुति आकर्षण बन्नेछ । पप आधुनिक तर्फ कालि प्रसाल वास्कोटा (निर जैले रिसाउनी) र सांस्कृतिक भांकीतर्फ भजन चुड्का आकर्षण बन्ने खत्रीले जानकारी दिए । नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा जारी एक्स्पो मंसिर २४ गतेसम्म चल्नेछ ।

एक्स्पो पोखरामा दर्शकहरुको उत्साहजनक उपस्थिति रहेको संघका अध्यक्ष दामु अधिकारीले बताए । आगामी दिनमा दर्शकको संख्या अझै बढ्ने उनको विश्वास छ ।

You might also like

Comments are closed.