पोखरा कपको उपाधिका लागि डफिन्स टीम फेमेली क्यामरुन र एपिएफ भिड्ने, मनाङ सडेन डेथको शिकार

सन्देश श्रेष्ठ

पोखरा, २६ माघ

पाहुना टोली डफिन्स टिम फेमेली क्यामरुन मनकामना केबलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ । शनिबार पोखरा रंगशालामा भएको दोश्रो सेमीफाइनलमा खेलमा डिफेन्डिङ च्याम्पीयन तथा सहिद स्मारक ए डिभिजन लिग २०७५ को बिजेता मनाङमस्र्याङ्दीलाई सडेन डेथको शिकार बनाउँदै क्यामरुनी टीम पोखरा कपको फाइनलमा प्रवेश गरेको हो । सडेन डेथमा कप्तान जो एञ्जौलोले गोल गर्दै क्यामरुनी टिमलाई जित दिलाएका हुन् । सडेन डेथमा मनाङका बिमल रानाले प्रहार गरेको बल गोलपोष्ट माथीबाट बाहिरिएको थियो ।

यसअघी निर्धारित ९० मिनेट, थपिएको ३० मिनेट गोलरहित बराबरी भएको थियो भने पेनाल्टी शुटआउटमा ४÷४ गोलको बराबरी भएको थियो । पेनाल्टी सुटआउटमा क्यामरुनी टिमको बिईक, ईक्वेम, गोलकिपर प्रिसो र अर्नेल ईनामेले गोल गरेका थिए । क्यामरुनका विभियमले प्रहार गरेको बल भने गोल पोष्ट माथीबाट बाहिरिएको थियो ।

पेनाल्टी सुटआउटमा मनाङको सुजल श्रेष्ठ, अञ्जन विष्ट, कमल श्रेष्ठ र हेमन गुरुङले गोल गरे । मनाङका सुरज विकेले प्रहार गरेको पेनाल्टी सुट भने पोलमा लागेर फर्किएपछि किपरले समातेका थिए ।

शुरुदेखी नै आक्रामक खेल खेलेको डफिन्स टीम फेमेली क्यामरुनले खेलको ६६ औं मिनेटमा गोल गर्दै अग्रता लिएपनि अग्रता जोगाउन नसकेपछि जितका लागि पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो । ६६ औं मिनेटमा क्यामरुनका लागि अर्नेल अहाण्डोको पासमा एन्जमा यानिकले गोल गरेका हुन् । तर खेलको ८ औं मिनेटमा अफिज ओलावाले गोल गर्दै मनाङलाई बराबरीमा फर्काए । अञ्जन विष्टको पासमा ओलावालेले गरेको हेडर बिपक्षी गोलकिपर प्रिसोले पञ्च गरेपछि फर्किएको रिबाउण्ड बललाई पुनः हेड गर्दै बललाई गोलपोष्टको दिशा दिएका हुन् ।

शनिबारको खेलमा क्यामरुनी टीम डफिन्स टीम फेमेलीका अर्नेल अहाण्डा म्यान अफ दी म्याच घोषित भए । उनलाई नगद ५ हजारसहित ट्रफी प्रदान गरियो ।

शनिबारको बिजेता डफिन्स टीम फेमेली क्यामरुनले अब उपाधिका लागि शसस्त्र प्रहरी वलको एपिएफ क्लवसँग प्रतिष्पर्धा गर्नेछ । पोखरा कपको फाइनल खेल आइतबार दिउँसो पोखरा रंगशालामा हुनेछ ।

कास्की जिल्ला फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा भएको प्रतियोगिताको बिजेताले उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्राप्त गर्नेछ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.