पोखरा कपमा एपिएफको बिजयी शुरुवात

सन्देश श्रेष्ठ

पोखरा, १५ माघ । सशस्त्र प्रहरीको एपिएफ क्लवले मनकामना केबलकार पोखरा कपमा सुखद शुरुवात गरेको छ । कास्की जिल्ला भलिवल संघको आयोजनामा मंगलबारदेखी पोखरामा शुरु भएको छैटौं संस्करणको मनकामना केबलकार पोखरा कपमा बिजयी शुरुवात गरेको हो । मंगलबार भएको उद्घाटन खेलमा एपिएफले हिमालयन शेर्पा क्लवलाई २÷१ गोल अन्तरले पराजित ग¥यो । एपिएफको जितमा आशिष लामा र शिख्रकारले गोल गरे । हिमालयन शेर्पाको तर्फबाट अमर डंगोलले सान्त्वना गोल गरे ।

जितसँगै एपिएफले हिमालयन शेर्पासँग राइनो कपमा हारको बदलासमेत लिएको छ । ए डिभिजन लिगमा गोलरहित बराबरी खेलेपनि राइनो कपमा हिमालयन शेर्पाले एपिएफलाई पराजित गरेको थियो । सोहि हारको बदला एपिएफले पोखरामा लिएको हो ।

खेलको २५ औं मिनेटमा एपिएफले अग्रता लिएको थियो । आशिष लामाले २१ यार्ड टाढाबाट प्रहार गरेको भलि बलले सिधै जाली चुमेपछि एपिएफले अग्रता लिएको हो । सो प्रहारलाई हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले ठम्याउन नसक्दा गोलमा परिणत भएको थियो । पहिलो हाफमा १÷० को अग्रता लिएको एपिएफलाई दोश्रो हाफमा हिमालयन शेर्पाले दवाबमा राख्यो ।खेलको ५४ औं मिनेटमा अमर डंगोलले गोल गर्दै हिमालयन शेर्पालाई बराबरीमा फर्काए । डंगोलले फ्रिकिक प्रहार रिबाउण्ड भएर फर्किएपछि फष्र्ट बार च्याप्दै गोलमा परिणत गरेका हुन् । १÷१ को बराबरीपछि निकै प्रतिष्पर्धात्मक भएको खेलमा एपिएफले ७७ औं मिनेटमा निर्णायक गोल ग¥यो । हिमालयन शेर्पाका उल्रिच सिवीले पेनाल्टी एरियामा ह्याण्ड गरेपछि दिइएको पेनाल्टीमा सुदीप शिख्रकारले गोलमा परिणत गरेका हुन् । बायाँ च्यापेर प्रहार गरेको सो बललाई हिमालयन शेर्पाका गोलकिपर किशोर गिरीले सहि दिशा ठम्याएर जम्प गरेपनि बचाउ भने गर्न नसक्दा हिमालयन शेर्पा पराजित हुनुप¥यो ।

प्रतियोगितामा एपिएफ र हिमालयन शेर्पा दुबैले केहि गोल गर्ने अवसर खेर फालेका थिए ।

मंगलबारको खेलमा एपिएफका लागि पहिलो गोलकर्ता आशिष लामा म्यान अफ दी म्याच घोषित भए ।

प्रतियोगितापछि आयोजित पोष्ट म्याच कन्फरेन्समा बोल्दै एपिएफका प्रशिक्षक राजेन्द्र तामाङले खेलाडीले सोंचेजस्तै खेल्दा जित निस्केको बताए । उनले दोश्रो हाफमा रक्षात्मक खेल्दा गोल खाएपनि तत्कालै रणनीति बदलेर आक्रामक हुनेवित्तिकै गोल निस्किदा जित सुनिश्चित भएको बताए ।

हिमालयन शेर्पाका प्रशिक्षक बिजेन्द्र पुडासैनीले पेनाल्टी गोल नै निर्णायक हुँदा हार बेहोर्नुपरेको बताए । उनले रेफ्रीले पेनाल्टी नदिने अवस्थामा पनि पेनाल्टी दिदा हार्नुपरेको प्रतिक्रिया दिए । साथै उनले खेलाडी थाकेका कारण सोंचेजस्तो खेल्न नसकेको तथा पाएको अवसरलाईसमेत सदुपयोग गर्न नसक्नु हारको कारण भएको प्रष्ट्याए ।

प्रतियोगिता अन्तर्गत बुधबार डफिन्स टिम फेमेली क्यामरुन र च्यासल क्लव बिच प्रतिष्पर्धा हुने एन्फा कास्कीले जनाएको छ ।

यसअघी प्रतियोगिताको उद्घाटन पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले उद्घाटन गरेको थिए । उद्घाटन कार्यक्रममा बोल्दै उनले पोखरा रंगशालामा फुटवल स्टेडियम बनाउन नहतारिन आग्रह गरे । उनले पोखरा रंगशालामा स्मार्ट फुटवल स्टेडियम बनाइने र त्यसको तयारी भइरहेकाले केहि समय धैर्यता राख्न आग्रह गरे ।

माघ २६ गतेसम्म हुने प्रतियोगितामा मनाङमस्र्याङ्दी क्लव, संकटा क्लव, थ्रीस्टार क्लव, नेपाली सेनाको त्रिभूवन आर्मी क्लव, नेपाल पुलिस क्लव, सशस्त्र प्रहरी वलको एपिएफ क्लव, हिमालयन शेर्पा क्लव, च्यासल क्लव, ब्रिगेड ब्वाईज क्लव रहेका छन् । त्यसैगरी आयोजकको पोखरा ११, रिस्सो युनिभर्सिटी जापान र डफिन्स टिम फेमेली क्यामरुन प्रतियोगितामा सहभागि हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई उपाधिसहित ७ लाख ५५ हजार रुपैयाँ प्रदान गरिने एन्फा कास्कीले जनाएको छ । उपबिजेताले भने ४ लाख ५ हजार प्रदान गरिने एन्फाका महासचिव रमेश कार्कीले जानकारी दिए । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाईकल प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्टाइकर, उत्कृष्ट प्रशिक्षक र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही २५ हजार सहित ट्रफी प्रदान गरिने उनले बताए ।

You might also like

Comments are closed.