पोखरा । पोखरा महानगरपालिकाले अति विपन्न र दैनिक ज्यालादारी गरी जीविकोपार्जन गर्नेहरुलाई सहयोग गर्न २ करोड ४८ लाख ५० को राहत कोष स्थापना गरेको छ । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले सोमबार एक विज्ञप्ति प्रकाशित गरी कोरोना भाइरसको संक्रमण फैलिन नदिन देश नै लकडाउन भएको अवस्थामा अति विपन्न र ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्न कोष स्थापना गरेको जानकारी गराएका छन् ।
जिसीले जारी गरेको विज्ञप्तिमा विषम परिस्थितिमा पोखरा नगर क्षेत्रमा रहेका अति विपन्न र ज्यालादारी गरेर जीविकोपार्जन गर्नेहरुलाई राहत उपलब्ध गराउन पोखरा महानगरपालिकाले २ करोड तथा कर्मचारीबाट संकलन भएको ४८ लाख ५० हजार रुपैंयाँ समेत गरी २ करोड ४८ लाख ५० हजारको राहत कोष स्थापना गरेको उल्लेख गरिएको छ ।
महानगरका ३३ वटै वडा कार्यालय मार्फत् टोल विकास संस्था, टोल सुधार समिति, असहाय, अति विपिन्न, दैनिक ज्यालादारीको रुपमा काम गर्ने मजदुरहरुको नामावली संकलन गर्न लागिएकोले विवरण संकलनमा सहयोग र सहजीकरण गरिदिन समेत विज्ञप्तिमा अनुरोध गरिएको छ । अति विपन्न र ज्यालादारी मजदुरलाई परिचल खुल्ने एउटा कागजपत्रको आधारमा राहत वितरण गरिने प्रमुख जिसीले जानकारी दिए ।
Comments are closed.