पोखरा–घलेगाउँ सिधा बस सेवा

आर्थिक आवाज
पोखरा, ११ मंसिर । पोखराबाट ग्रामीण पर्यटकीय क्षेत्र घलेगाउँसम्म सिधा पर्यटक जीप सञ्चालन हुने भएको छ । आज मंगलबारबाट सेवा सुरु हुनेछ ।

पृथ्वी राजमार्ग बस सञ्चालक समितिले जीप सेवा सञ्चालनमा ल्याउन लागेको महासचिव योगेन्द्रबहादुर केसीले जानकारी दिए । जीप सेवाबाट घलेगाउँ र पोखरा आवत जावत गर्ने पर्यटकलाई सजिलो हुने उनले बताए ।

जीप सेवाको आज दिउसो १ बजे शुभारम्भ हुने केसीले जानकारी दिए ।

You might also like

Comments are closed.