पोखरा चेम्वर अफ कमर्स द्धारा अन्तरक्रिया

पोखरा, २० माघ
पोखरा चेम्वर अफ कमर्स कास्कीले आइतबार अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
पोखरा चेम्वर अफ कमर्स कास्कीले उद्योग, वाणिज्य तथा अर्थतन्त्र क्षेत्रका समसामयिक विषय र देशको समृद्धिमा निजि क्षेत्रको योगदान र भुमिका तथा यस क्षेत्रको प्रवद्र्धन र सम्भावनाको खोजि गर्ने कार्यक्रम अन्र्तरगत विभिन्न विषयमा विषयगत विज्ञहरुसँग संस्थाका पदाधिकारीहरुले अन्तक्रिया गरेका हुन ।

कार्यक्रममा गण्डकी प्रदेशका मन्त्रि परीषद्का प्रवक्ता तथा भौतिक पूवार्धार विकास मन्त्री राम शरण वस्नेतले उद्योग, वाणिज्य तथा अर्थतन्त्र सम्बन्धि विद्यमान समस्याहरुको उजागर गर्दै वर्तमान पहल र सम्भावित उपायहरु माथि स्पष्ट पारे । आगामी दिनमा प्रदेश सरकारले व्यवसायीक वातावरण सुधारतर्फ महत्वपुर्ण भुमिका निवार्ह गर्नुपर्नेे उनका भनाइ थियो ।

वर्तमान समयमा देखिएको आयतमुखि प्रवृतिलाई निरुत्साहित गरि देशभित्रै उत्पादन, प्रर्वद्धन, बजारिकरण र निकासीमा ध्यान केन्द्रीत गर्न सकेमा मात्रै नेपालको वढ्दो व्यपार घाटामा सुधार गरी आत्मनिर्भर अर्थतन्त्रको विकासमा टेवा पुग्ने उनले धाराण राखे । यस प्रदेशमा उद्योग कलकारखाना स्थापना र विकास गर्न भौतिक पुर्वाधार मुख्य आधार भएको हुँदा यसलाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने प्रतिवद्धता व्यक्त गरे । आवश्यक पूँजी संकलन गरी तिव्र आर्थिक उन्नतिका लागि निजी क्षेत्रको सक्रिय सहभागिता अत्यन्त आवश्यक भएको वताएका थिए । मुलुकको आर्थिक सम्वृद्धिमा निजी क्षेत्रको महत्वपूर्ण भुमिका रहने हँुदा यस क्षेत्रको आर्थिक विकास र आर्थिक गतिविधीमा पोखरा चेम्वर अफ कमर्स कास्की सँग प्रदेश सरकार सहकार्य गर्ने समेत प्रतिवद्धता व्यक्त गरेका थिए ।
कार्यक्रममा पोखरा चेम्वर अफ कमर्स कास्कीका अध्यक्ष किसान सुनारको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रम संचालन संस्थाका महासचिव उमराज बास्तोलाले गरेका थिए ।

You might also like

Comments are closed.