पोखरा च्याम्बरको आयोजनामा उद्यमशीलता विकास तालिम

पोखरा । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले पुजीको व्यवस्थापन विना उद्यमशीलताको विकास नहुने बताएका छन् ।

पोखरा चेम्बर अफ कमर्स कास्की र घरेलु तथा साना उद्योग कार्यालय कास्कीले संयुक्त आयोजना गरेको उद्यमशीलता विकास तालिमको आइतबार उद्घाटनका अवसरमा बोल्दै सभापति कोइरालाले उद्योगी व्यवसायीले समय, श्रम र पुँजीको व्यवस्थापनमा ध्यान दिन सुझाव दिए ।

नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश चेम्बर अफ कमर्सका अध्यक्ष यदुनाथ अधिकारीले तालिमले उद्योगी व्यवसायीको सिप दक्षता अभिबृद्धिको लागि सहयोग पुग्ने बताए ।

पोखरा चेम्बर अफ कमर्स पोखराका अध्यक्ष किशान सुनारले तालिममा कर शिक्षा, लेखा प्रणाली, उत्पादन र बजारीकरण, बीमा, बैंक तथा वित्तीय संस्थाको भूमिका, उद्योग दर्ता व्यावसायिक योजना लगायतका विषयमा तालिम दिने बताए । घरेलु अधिकृत महराज ढकालले १० दिने तालिममा ३० वटा कक्षा सञ्चालन हुने जानकारी दिए । तालिमले उद्योग व्यवसायलाई परिस्कृत गर्न सहयोग पुग्ने उल्लेख गर्दै उनले तालिम पछिको प्रमाणपत्रले सरकारी सेवा र सहुलियत लिन सहयोग पुग्ने बताए ।

कार्यक्रममा पोखरा चेम्बर अफ कमर्स कास्कीका वस्तुगत तर्फका उपाध्यक्ष यमनाथ पौडेल, उद्योग तर्फका उपाध्यक्ष गीता तिवारी गौतम, महासचिव उमराज बास्तोला, पोखरा चेम्बर उत्तरी क्षेत्रका अध्यक्ष विष्णुप्रसाद बास्तोला लगायतले मन्तव्य राखेका थिए ।

You might also like

Comments are closed.