पोखरा जेसिज र पोखरा लेडी जेसीजको संयुक्त पदस्थापन

पोखरा, १८ पुस । पोखरा जेसीज र पोखरा लेडी जेसिजका सन् २०१८ का कार्यकारिणी समितिका पदाधिकारीको संयुक्त पदस्थापन कार्यक्रम सम्पन्न भएको छ । सोमवार पोखरामा आयोजित एक कार्यक्रममा पोखरा जेसीज र पोखरा लेडिज जेसीजका सन् २०१७ का अध्यक्षहरू शिवप्रसाद कोइराला र शकुन्तला कोइराला भुसालले २०१८ का अध्यक्षहरू क्रमशः शिव सुवेदी र सन्तु पौडेललाई सपथ गराउनुका साथै पदभार हस्तान्तरण गरी पदस्थापन गराएका थिए ।

सन् २०१८ का अध्यक्षद्वय सुवेदी र पौडेलले कार्यकारिणी समितिका पदाधिकारीलाई सपथ गराए । कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर वस्यालले युवाहरूलाई आर्थिक समृद्धिको बाटोमा उन्मुख गराउनु बर्तमानको आवश्यकता भएको बताउदै युवाहरूलाई जिम्मेवार बनाउँदै उनीहरूमा उद्यमशिलताको विकास गराउनु आवश्यक रहेकोमा उनले जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले युवाहरूमा सामाजिक भावनाको विकास गराउँदै उनीहरूको व्यक्तित्व विकास जस्ता विविध पक्षलाई अघि बढाउन जेसिजले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताएका थिए ।

उक्त अवसरमा सामाजिक क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुका साथै एकल महिलाका हक तथा अधिकारलाई स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको भन्दै समाजसेवी प्रमिला तझ्यालाई सम्मान गरिएको थियो ।

कार्यक्रममा नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्ष गोविन्दप्रसाद देवकोटा, पुर्व अध्यक्ष सुवास सिग्देल, संगीता पौडेल, पवित्रा थापा मगर लगायतले सामाजिक क्षेत्रमा जेसिजले निर्वाह गर्दै आएको भूमिका लगायतका विषयमा आ आफ्ना धारणा राखेका थिए ।

कार्यक्रममा २०१८ का अध्यक्षहरू क्रमशः शिव सुवेदी र सन्तु पौडेलले आफ्नो कार्यकालमा गरिने कार्यहरुको बिवरण पेश गर्दै आफनो भनाई राखेका थिए । १८ देखि ४० बर्ष उमेर समुहका मात्र सदस्य रहने सो संस्थामा ४० बर्ष कटेका पुर्व अध्यक्ष तथा सदस्यहरुलाई अवकास पत्र प्रदान गरिएको थियो ।

You might also like

Comments are closed.