पोखरा जेसीजको जेसीज विकइण्ड–२०१८ सम्पन्न

पोखरा, १७ बैशाख ।

१८ देखी ४० वर्ष भित्रका युवाहरुको नेतृत्व र व्यत्तित्व विकास गर्ने अगृणी संसथा पोखरा जेसीजले सामुदायिक विकास क्षेत्र अन्तर्गतको महत्वपुर्ण कार्यक्रम जेसीज विकइण्ड–२०१८ को तेस्रो दिनको कार्यक्रम एसइइ परिक्षा २०७४ मा सहभागी विद्यार्थीहरुलाई उत्कृष्ट शैक्षिक जीवन सम्बन्धि परामर्श तथा उत्प्रेरणा तालिम सम्पन्न भएको छ ।

“फरक अनुभूतिका लागि परिवर्तन स्वीकारौ” भन्ने उद्घोषका साथ मानिसको अन्तरनिहित वौद्धिक क्षमता पहिचान तथा विकास सँग सम्बन्धित कम्पनी धी वच लर्निङ्ग मार्ट कम्पनीले मुख्य प्रायोजन गरेको त्रिदिवसीय कार्यक्रमको पहिलो दिन पोखरा लेखनाथ महानगरपालीकाका वडाध्यक्ष र कार्यपालिीका सदस्यहरुलाई संसदीय सभा प्रणाली तालिम तथा प्रभावकारी बैठक सञ्चालन तालिम कार्यक्रम सम्पन्न गरे सँगै दोस्रो दिन पोखरा लेखनाथ महानगरपालीका वडा नम्वर २१ निर्मलपोखरी स्थित श्री जनजागृति आधारभुत विद्यालयको प्राङगणमा पोखरा हस्पिटल एण्ड रिसर्च सेन्टर र डक्टर्स डेन्टल एण्ड इम्प्लान्ट प्राविधिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर तथा दन्त परिक्षण कार्यक्रम सम्पन्न गरेको हो ।

साथै तेस्रो दिनको कार्यक्रम एसइइ परिक्षा २०७४ मा सहभागी विद्यार्थी लक्षित उत्कृष्ट शैक्षिक जीवन सम्बन्धि परामर्श तथा उत्प्रेरणा तालिम कार्यक्रम सम्पन्न गरेको हो । महेन्द्रपुल पोखरा स्थित नोभेल इन्स्टिच्युट प्रा.ली. गोल्डेनगेट कलेज काठमान्डौको प्राविधिक सहयोगमा सम्पन्न तालिम कार्यक्रमको प्रमुख प्रशिक्षकमा गोल्डेनगेट कलेजका सिइयो रमेश सिलवाल तथा इन्द्र गुरुङ, श्रेयस आचार्य लागायतले प्रशिक्षण दिएका थिए ।

पोखरा जेसीजका निवर्तमान अध्यक्ष जेसी शिव प्रसाद कोइरालाको अध्यक्षतामा सम्पन्न समापन समारोहका अन्य अतिथी वक्ताहरुमा पोखरा जेसीजका पुर्व अध्यक्ष तीलकराम पौडेल, सिनेटर विष्णु वहादुर थापा, जेसी छवि सुवेदी, पोखरा लेडी जेसीजका अध्यक्ष सन्तु पौडेल मुख्य प्रायोजकका प्रवन्ध निर्देशक अनिल लामीछाने लगायतको उपस्थिति थियो ।

सेवालाई मुल मन्त्र मान्ने पोखरा जेसीजले कार्यक्रमबाट वचत रकमबाट पोखरा छोरेपाटन स्थित मानव सेवा आश्रममका असाहाय वृद्ध वृद्धाहरुलाइ खाजा खुवाई सहयोग प्रदान गरेको जेसीज सप्ताहन्त कार्यक्रमका मुल संयोजक जेसी देवराज शर्माले बताए ।

वर्ष २०१८ को जेसीज सप्ताहन्त कार्यक्रमका मुल संयोजक तथा पोखरा जेसीजका कार्यकारीणी उपाध्यक्ष जेसी देवराज शर्माले कार्यक्रम सम्पन्न गर्न सहयोग गनुहुने सम्पुर्ण सहयोगी संस्थाहरु प्रति धन्यवाद मन्तव्य व्यक्त गरेको कार्यक्रमको पोखरा जेसीजका महासचिव जेसी गणेश गिरीले सञ्चालन गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक सुमन पहारीले गरेका थिए ।

You might also like

Comments are closed.