पोखरा जेसीजको ‘‘जेसीज वीकइण्ड’’सम्पन्न

 

पोखरा, १४ जेठ

पोखरा जेसीजको यसवर्षको ‘‘जेसीज वीकइण्ड’’ आइतवार पोखरा ११ स्थित रन्जित इभेन्ट सेन्टरमा समापन भएको छ । समापन कार्यक्रममा बोल्दै पोखरा जेसीज बर्ष १९९४ का अध्यक्ष सिनेटर नारायण शर्माले अबको जेसीज उद्यमशिलता तर्फ उन्मुख हुनुपर्ने तथा अबको जेसीज सदस्य व्यक्तिगत विकासमा मात्र सबल नभइ सामाजिक तथा आर्थिक पक्षमा पनि सशक्त हुनुपर्ने वताए ।

तालिम तथा अभ्यासको माध्यमबाट व्यक्तिगत तथा नेतृत्व विकासमा तल्लिन १८ देखि ४० बर्ष भित्रका सक्रिय जुझारु नागरिकहरुको सामाजिक संस्था जेसिजको ४ विकास क्षेत्र मध्य सामुदायिक विकास क्षेत्र अन्तर्गत बर्षको १ पटक समाजिक कार्यक्रममा सहभागि हुने गर्दछ । बर्ष २०१९ को “सकरात्मक प्रभावका लागि एकता” भन्ने उद्देश्यका साथ बार्षिक योजना अन्तर्गत सन्चालित त्रिदिवसिय कार्यक्रमको पहिलो दिन पहिलो दिनको कार्यक्रम स्थानिय क्षेत्रमा रहेका बिभिन्न क्षेत्रका उद्यमी व्यवसायीहरुहरुलाई लक्षित गरेर युवा उद्यमशिलता सम्बन्धी उत्प्रेरणामुलक कार्यशाला गोष्ठीको आयोजना गरिएको हो । उक्त कार्यशाला गोष्ठिमा जल महल रिसोर्ट पोखराका प्रबन्ध निर्देशक तथा प्रोफेसर डा. दिनेश प्रसाईले Youth Entrepreneurship   सम्बन्धी र उद्यमी कपिल तमोटले Entrepreneurship 101 – Getting it Right भन्ने शिर्षकमा सहजिकरण गरेका थिए । पोखरामा रहेर बिभिन्न पेशा व्यावसायमा आबद्ध करिब १५० जना भन्दा बढि युवा व्यावसायीहरुको सहभागिता रहेको थियो ।

दोस्रो दिन शनिवार अन्नपुर्ण गाउँपालिकाका स्थानियलाई लक्षित गरेर माछापुछ«े मा.वि प्राङ्गण, ढिकुरपोखरी, कास्कीमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको छ । अन्नपुर्ण गाउँपालिका सँगको समन्वय तथा कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर, हिमालयन आँखा अस्पताल र डक्टर्स डेन्टल क्लिनिकको प्राबिधिक सहयोगमा सन्चालित शिविरमा करिब ४०० भन्दा बढि आँखा, दाँत लगायत अन्य रोगका बिरामी लाभान्वित भएका थिए ।

अन्तिम दिन जेठ १२ गते आइतवार रन्जित इभेन्ट सेन्टर रानिपौवा ११, पोखरामा पोखरा महानगरपालिका, वडा, महिला तथा आमा समुह, स्कुल, शिक्षक÷शिक्षिका, बालबालिकालाई लक्षित गरेर असल अभिभावकत्व बिषयक परामर्श कार्यक्रमको आयोजना गरिएको थियो छ ।
मदरल्याण्ड मा.वी.का प्रमोटर प्रेम नारायण पोख्रेलले सहजीकरण गरेकोे सहजीकरण कार्यक्रममा करिब १७० जना अभिभावकको सहभागिता थियो ।

पोखरा उद्योग वाणिज्यको अमृतकक्षमा शुक्रवार औपचारिक उद्घाटन गरिएकोे जेसीज वीकइण्डको गोष्ठिमा पोखरा महानगरपालिका नबिल बैंक अन्नपुर्ण गाउँपालिका, ढिकुरपोखरी समाज, माछापुच्छ्रे मा.वी. तथा पोखरा उद्योग वाणिज्य संघ, लगाएत बिभिन्न संघ संस्थाले सहयोग गरेका थिए ।

पोखरा जेसीजका अध्यक्ष जेसी सन्तोष शाहीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सन्चालन महासचिव जेसी शक्ति बरुवाल, स्वागत जेसी कमलराज पराजुली, आस्थापाठ सामुदायिक उपाध्यक्ष जेसी सन्तोष रानाभाटले गरेका थिए ।

You might also like

Comments are closed.